Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

अमेरिकामा वार्षिक बनभोज सम्पन्न
एम्वेसडर कप भलिवल प्रतियोगितामा म्याग्देली ठिटोहरुको हालिमुहाली

टिका कुमार पुन
म्याग्दीनेपाल सम्बाददाता अमेरिका
 
भर्जिनिया, जुन २०
अमेरिका नेपाल सोसाइटिले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक बनभोज कार्यक्रम   भर्जिनिया स्थित 'लेक एम्वेटिक पार्क' मा जुन १८ मा भब्यताकासाथ सम्पन्न भयो। बनभोजमा करिव एक हजार स्थानिय ( डि सि , भर्जिनिया र बाल्टिमोर राज्यका बिभिन्न काउण्टिमा बसोबास गर्ने) नेपालीहरुको सहभागीता रहेको थियो । यो सहभागिता संख्या हालसम्मको सवैभन्दा धेरै थियो ।
बनभोजमा चौथो एम्वेसडर कप भलिवल प्रतियोगिताको पनि आयोजना भयो । उक्त प्रतियोगितामा म्याग्दी क्लव यु.एस.ए पहिलो र हिमचुली रोधी समूह भर्जिनिया दोश्रो भए । म्याग्देली ठिटोहरुको बाहुल्य रहेको उक्त फाईनल खेल समाजका सचिव अर्थात म्याग्दी सिङ्गाका खेम भट्टचनद्वारा अत्यन्तै रोचक पाराले सन्चालन गरिएको थियो

म्याग्दी क्लव  यु.एस.ए.का खेलाडिहरु :
१. कुमार पुन (कोटगाउँ)
२. मन प्रसाद रोका (बरङ्जा)
३. तेजिन्द्र छन्त्याल (गुर्जा)
४. नबिन कुमार मल्ल (राखु, भगवति)
५.टेक पुन (शिख)
 ६.रमेश केसी (गलेश्वोर)

हिमचुली रोधी समूह भर्जिनिया खेलाडिहरु :
१. शक्ती रेग्मी (काठमानडौं)
२.मोहन थापा (धारापानी, ताकम )
३. टिका कुमार पुन (चिमखोल)
४.सचिन तिलिजा (बाँदुक)
५.राज कुमार पुन (कोटगाउँ)
६.लयन बुढा मगर (रुकुम)

विजयी टिमहरुलाई कार्यबाहक राजदूत कालीप्रसाद पोखरेलले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भयो । पोखरेलले बनभोजका सहभागिहरुलाई सम्वोधन गर्दै आफुले नयाँ शैलीमा काम गर्ने प्रण गर्दै यस कार्यमा सवैको सहयोग पाउने विश्वास व्यक्त गर्नु भयो ।
एम्वेसडर कप भलिवल प्रतियोगिता पूर्व नेपाली राजदुत स्व. जयप्रताप राणाको सम्झनामा सोसाईटिले विगत  तीन बर्षदेखि संचालन गर्दै आइरहेको छ । अबनभोजलाई भब्यताका साथ सम्मन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै सोसाइटीका अध्यक्ष प्रेम संग्रौलाले डि.सि. मेट्रो पोलिटन सिटीमा नेपालीहरुका लागि 'कम्युनिटि सेन्टर' को आवश्यक्ता औंल्याउदै यस्का लागि सवैलाई पहल गर्न आव्हान गर्नु भयो । संग्रौलालाले त्यस क्रममा खानाका लागि सहयोग गर्नु हुनेहरु,ब्यबस्थापनमा सहयोग गर्नु हुने स्वयँसेवकहरु , प्रचार प्रसारमा सहयोग गर्नु हुने स्थानिय नेपाली संचार माध्यामहरु , नेपाली राजादुतवास परिवार र सम्पूर्ण सहभागीलाई कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा सोसा ईटिको तर्फबाट बिशेष आभार प्रकट गर्नु भएको थियो। कार्यक्रममा सोसाईटिको तर्फबाट नेपाली समुदायमा बिभिन्न रुपमा सहयोग पुर्žयाउनु हुने डिसी नेपाल डटकमका रामहरी सुबेदी र माधव थापालाई सम्मान पत्र प्रदान गरिएको थियो। उक्त सम्मान पत्र कार्यबाहक राजादुत पोखरेलले उहाँहरुलाई दिनु भएको थियो।

कार्यक्रममा गत साता टेक्सासमा अज्ञात अपराधीक समुहको गोलिप्रहारबाट मारिएका नेपाली गौरब राजाबंशिको परिवारको सहयोग-साहनुभुती र समबेदना सहीत सोसाईटिका उपाध्यक्ष्य बिष्णु थापाको सकृयतामा अमेरीकी डलर ३ सय ४५ पनि संकलन गरिएको थियो । सोसाईटिका माहासचिव नेत्र घिसिङ्ले सन्चालन गर्नु भएको यो कार्यक्रममा कृष्ण निरौलाले पनि नेपाली समुदायको आबस्यक्ता र नेपाली संस्कृतिको संरक्षणको महत्व माथि चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली राजदूतावासका कार्यबाहक राजदूत कालीप्रसाद पोखरेल, प्रथम तथा द्वतिय सचिव क्रमशः हरिश्चन्द्र घिमिरे र गिरिश्वर रेग्मीको परिचय पनि गराइएको थियो ।

 

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network