Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

म्याग्दीमा नयाँ कार्यबाहक प्रजिअ, प्रजिअ लोक राज रेग्मी लाई अनुसन्धानको लागि पोखरा बोलाईएको

रुप्से सम्वाददाता
प्रमुख जिल्ला अधिकारी लोकराज रेग्मीकै संरक्षकत्वमा हुने गरेको घुस प्रकरण र्सार्वजनिक भएपछि गत आइतबारदेखि कामकाज थप्प रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विहिबारदेखि काम शुचारु भएको छ ।
प्रजिअ लगायत प्रशासनका कर्मचारीले नागरिकता बनाउन घुस लिएको पुष्टि भएपछि यहाँका मुख्य राजनैतिक दलका स्थानिय नेताहरुले नैतिकताका आधारमा कामकाज नगर्न दबाब दिएपछि नागरिकता, पासपोर्ट लगायत प्रशासनिक सम्पर्ूण्ा कार्यहरु थप्प हुँदै आएको थियो । नागरिकता बनाउँदा घुस लिएको आरोपमा मुछिएका प्रजिअ रेग्मीलाई गृह मन्त्रालयले क्षेत्रीय प्रशासन कार्यालय पोखरामा हाँजिर हुने निर्देशन सहित बाग्लुङ्गका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर नेपालीलाई निमित्त प्रमुख बनाई जिल्लामा खटाएपछि ४ दिनदेखि रोकिएका सबै कामहरु शुचारु भएका हुन् ।
निमित्त प्रजिअ नेपाली विहीबार जिल्ला सदरमुकाम आई राजनैतिक दलका नेतृत्वसँग र्सवदलिय बैठक गरी कामकाजलाई निरन्तरता दिने निर्ण्र्ााअनुसार कार्यालय प्रमुखहरुलाई निर्भिक रुपमा पारदर्शीपर्ुवक कार्यसञ्चालन गर्न निर्देशन गर्नुभएको कुरा पत्रकार भेटघाटमा बताउनुभएको छ ।
घुस प्रकरणमा मुछिएका कर्मचारीहरुलाई क्षेत्रीय प्रशासन पोखरामा हाँजिर गराएपछि अनुसन्धानका लागि पश्चिम क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख अनुसन्धान अधिकृत धर्मराज कुइँकेलको नेतृत्वमा आएको २ सदस्यीय भ्रष्टाचार छानविन समितिले छानविन कार्य शुरु गरेको छ । स्रोत: बेनी अनलाईइन

 

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network