|
|
पहिरोको डरले पुरै गाउ बिस्थापित
घनश्याम खड्का
म्याग्दी/वस्तीको शिरानबाट पहिरो बग्न शुरु गरेपछि संभावित खतराबाट बच्न यहाँ स्थित
एक गाउँका सवै घर परिवार विस्थापित भएका छन् । हिस्तान गाविस-७ र ८ वडामा पर्ने औला
गाउँको शिरानमा रहेको भिरकटेरीको डिल धूजा-धूजा परेर फाट्दै बग्न शुरु गरेपछि
यहाँका १ सय ५ परिवारका ६ सय ८ जना घर छोडेर बाहिर निक्लेका हुन् । 'ज्यान बचाउन
मात्र हामी गोठमा सरेका हौं, भएको सवै श्रीसम्पत्ती सवै घरमा छ' सामाजिक अगुवा
गमबहादुर गर्वुजाले बताए ।
गुचुमुच्च परेको मगर वस्ती औला गाउं अजंगको भीरको जरोमा छ । भीरको मध्यभागबाट पहिरो
खस्न शुरु गरेको हो । ४० देखी ६० सेन्टिमीटर सम्म फाटेर बाहिर निक्लेको ३० मिटर
लामो भिरको डिल केही धस्केर धेरै भाग बाहिर झुण्डिएको को छ । पहिरो स्थल गाउँ देखी
झण्डै दर्ुइ किलोमिटर माथी छ ।
खतरा मानिएको भीरको डिलको ढुङ्गा फुटाउन नेपाली सेनाले भर्ुगभविदहरुको रायप्रतिवेदन
विना विष्फोट गर्न नसक्ने बताएपछि गाउँलेहरुले खानी तथा भर्ुगभ विभागबाट विज्ञहरु
बोलाएका हुन् ।
औला गाउँ मानववस्ती राख्न योग्य नभएको ठहर गरेका छौं, वर्षशुरु हुनुपर्ूव नै गाउँ
खाली गर्नुस' भूर्-गर्भविद विरेन्द्र पिया र दीनेश नेपालीको भनाई उद्दढ गर्दै स्थानिय
शिक्षक कुमार पुनले बताए ।
'भूर्-गर्भविद्हरुको सुझाउ अनुसार सवै गाउँलेहरले वस्ती छोडेर गोठमा सरेका हौं' गर्वुजाले
पलास्टिकको गोठमा भकारी खाप्दै सुनाए ।
विस्थापित गाउँलेहरु दिनमा गाउँ र्फकने र रातमा गोठमा गएर सुरक्षित हुने गर्छन् ।
पहिरोबाट बुढाबुढी र केटाकेटीहरु बढी जोखिममा रहेका छन् । उनीहरु अहिले सुरक्षित
मानिएका मसार, पात्लेखेत, बांसबोट, तल्लोफूट आदी बारीमा भकारीको गोठ बनाएर बसेका छन
। 'यस्तो पल-पलमा मरेर बाँच्नु भन्दा त बरु एकै पटक घ्वाप्प खसेर सवै मर्न पाए हुुन्थ्यो'
पर्ुपुरोमा धारेहात लगाउँदै पुनिसा रन्तिजाले सुनाईन् । अघिल्लो भदौ १५ गते देखी
पहिरो खस्न थालेको हो, जुन अहिले पुनः शुरु भएको छ ।
सवै जना पहिरोबाट सुरक्षित बन्न गोठ गएपछि गाउँको सुरक्षा गर्न सुरक्षा समिति
बनाईएको छ । टोल-टोलमा बनेका यस्ता समितिले राती ९ बजेदेखी विहान ५ बजेसम्म पालो
लगाएर मानवविहीन गाउँको गस्ती गर्दै सुरक्षा प्रदान गर्ने गरेका छन् । |
|