|
|
|||||||||||
|
|
|||||||||||
|
Home about us activities contact us photo feedback Our E-mail :- worldwide_myagdeli@yahoo.com |
|||||||||||
|
Namaste and Welcome to myagdinepal.com |
|||||||||||
|
म्याग्देली प्रबाशी नेपाली संघ( मोना) बेल्जियमको प्रेस बिज्ञप्ती २६ मे २००७ मा नेपाल दुबैडट्कममा छापिएको "बेल्जियममा षड्यन्त्रको पर्दाफास " भन्ने शिर्षकमा लेखिएको समाचारले हाम्रो संस्थाको गम्भिर ध्यानाअकर्षण गराएको छ । २० मे २००७ मा एन्०डी०एफ्० बेल्जियमले आयोजना गरेको दोहोरीगीत प्रतियोगिता सँग सम्बधित उक्त समाचारमा हाम्रो संस्था म्याग्देली प्रावासी नेपाली संघ (मोना), बेल्जियमलाई दोहोरी प्रातियोगिता बिथोल्ने कोशीस गरेको,कसैले उचालेर कार्यक्रम बिथोल्ने गिरोह, जस्ता आरोप लगाईएको छ । जबकी वास्तविकता र बस्तुगत यथार्थ लाई कोट्ट्याउने हो भने कार्यक्रम हुनु भन्दा अघिल्लो दिन सम्म दोहोरी प्रतियोगितामा भाग लिनका लागि एक टिम पनि दर्ता नभैरहेको अवस्थामा म्याग्देली समाज बेल्जियमका सदस्यहरुका बीच आपसी छलफल र परामर्श गरी कार्यक्रमलाइ सफल पार्न सकेसम्म बढी सहभागी गराउने भन्ने अभिप्रायले बिभिन्न समुह र संस्थामा संलग्न भएर प्रतियोगितमा सभागी ११ टीम मध्ये ६ वटा टीममा म्याग्देली कलाकारहरुले नेत्त्रीत्त्व गरेका थिए, भने कार्यक्रम भाड्ने गिरोह भनी आरोप लगाईएका म्याग्देली प्रावासी नेपाली संघ (मोना), बेल्जियमका उपाध्यक्ष लगायत अध्यक्ष,र अन्य सदस्यहरु कार्यक्रमको प्रचारप्रसार र टिकट बिक्रिमा लागिपरेका थिए ।
कार्यक्रममा आयोजकले प्रतियोगितामा
भाग लिनको लागि बिभिन्न संघ संस्था लाइ जसरी पत्राचार गरेका थिए सोहि अनुसार प्रतियोगिता
नगराए पछि स्वाभाबिक रुपमा आयोजक र हाम्रो सस्थाका प्रतिनिधि बिच कहि छलफल र
बादबिबाद भएको थियो । कार्यक्रमको निमन्त्रणा पत्रमा एक टीममा ३ जना केटी र ३ जना
केटा गरी ६ जनाको एक टीम हुनुपर्ने र टीम शुल्क २५ युरो लाग्ने भनी पत्राचार गरिएको
थियो(हेर्नुस् पत्रमा)
यस समचार एन डि एफ बेल्जियमले आयोजित दोहोरी प्रतियोगिता संग सम्बन्धित र समचार पढ्दा एन डि एफ बेल्जियम र म्याग्देलि प्रबाशि नेपाली संघ बिच फाटो र बैमनश्यता ल्याउने किसिमले लेखिएकोले ( हेर्नुहोस तल समचार जस्ता को त्यस्तै) हामीले यसरी एउटा सामाजिक संस्था लाइ आरोप लगाएर दुइ सस्था बिच बिबाद ल्याउने समचार कहा बाट र कसरी प्रकाशित भयो यस्को बारेमा दुबै संस्थाका प्रतिनिधि बिच बसेर छलफल गर्नु पर्दछ भनि एन्०डि०एफ्० बेल्जियमका अध्यक्ष र महासचिव द्वयलाई हाम्रा संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव जस्ता जिम्मेवार व्यक्तिहरुले औपचारिक आमन्त्रण पत्र हातैमा ठम्म्याएका थियौ ( हेर्नुहोस तल आमन्त्रण पत्र) । एन्०डि०एफ०आफैले उक्त समाचारको बारेमा अनुसन्धान गरी निर्दोष सामाजिक संस्था उपर लगाइएको कपोल्कल्पित र गैरजिम्मेवारीपूर्ण आरोप-प्रत्यारोप मेटाउने जिम्मेवारीबोध गर्ने ईमन्दारीता देखाउन पर्नेमा हामीले छलफलको लागि आमन्त्रण गर्दा पनि हाम्रो निमण्त्रणालाई पोको पारेर रद्दीको टोकरिमा फाले जस्तो गरी वेवास्ता गर्नुको पछाडि एन्०डि०ेफ्० बेल्जियमको बर्तमान नेत्रित्वोमा एउटा संस्थाले अर्को संस्था सँग गर्ने संस्थागत ब्यवहारको खडेरी लागेको प्रस्ट हुन आउछ भने अर्कोतिर संस्थागत सह-अस्तित्व स्वीकार गर्न सक्ने मानसिकताको बिकास नभएको देखिन्छ । यस प्रकारको व्यबहारले एन डि एफ र अन्य संघ संस्था र ब्यक्तीको सम्बन्ध झन टाढिदै जाने छ । अन्तिममा म्याग्देली प्रबासी नेपाली संघ(मोना),बेल्जियम बिविधतामा एकताको एउटा प्रतीक हो । हाम्रा अलग-अलग सिद्दान्त र बिचार हरु छन् त्यसैले हाम्रो संस्था यसरी एक अर्का लाइ आरोप प्रत्यारोप भन्दा माथि उठी बेल्जियममा रहेका सम्पुर्ण संघ संस्था बिच सहकार्य गरी नेपाल र नेपालीको हित को लागि सदा समर्पित भइ रहने कुराको प्रतिबद्वता पनि ब्यक्त गर्दछ । नेपाल दुबै डटकममा प्रकशित समाचार
। म्याग्देली प्रबाशी नेपाली संघ( मोना) बेल्जियमले छलफलको लागि पठाएको पत्र
म्याग्देली प्रबाशी नेपाली संघ( मोना) बेल्जियम |
| |||||||||
Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at
© copyright 2006 Myagdeli.network