|
|
म्याग्दीका महाबिर पुन अन्तरराष्ट्रिय म्यागसेस पुरस्कारबाट सम्मानित
अमृत बास्कुने
म्याग्दी १६ श्राबण
संसारभरका संञ्चार प्रविधि विज्ञहरुलाई आर्श्चर्य तुल्याउँदै वायरलेस कम्प्यूटर
फोनबाट नेपालको दुर्गम हिमाली वस्तीमार् इमेल र इन्टरनेट प्रविधि पुर्र्याउन सफल म्याग्दी
नाङ्गी गाउँका शिक्षा सेवी महाविर पुन फिलीपीन्स बाट प्रदान गरीने एसीयाको नोबेल
पुरस्कार भनेर चिनीने रोमन म्यागसेसे २००७ बाट सम्मानीत भएका छन ।
बेलायतको 'ग्लोवल आईडिया बैंक' नामक संस्थाद्वारा प्रदान गरेको सन् २००४ को 'ओभरअल
सोसियल इनोभेसन अवार्ड'ले समेत सम्मानित भई सकेका पुन नेपाल बाट म्यागसेसे पुरस्कार
पाउने दोस्रा ब्याक्ती हुन् । २००६ मा तिलगंगा आँखा केन्द्रका डा.सन्दुक र्रुइतले
सो पुरस्कार प्राप्त गरेका थिए ।
४५ वर्षअघि म्याग्दीको राम्चे गाविस -२ नाङ्गी गाउँमा जन्मेका महाविर पुनको निम्न
माध्यामिक विद्यालय तह सम्मको पर्ढाई गाउँमै भएको थियो विटि्रस गोर्खाका लाहुरे
बाबु चितवन जिल्लामा बर्साई-सर्राई गरेकोले पुनले त्यहींबाट एस.एल.सी. र अमृत र्साईन्स
क्याम्सबाट वि.एस्सी पास गरे । स्वाभिमानी स्वभावका पुनले १२ वर्षम्म अध्यापन पेशा
गरेका थिए । तत्कालिन प्रशासकहरुसंग बेमेल भएपछि अध्यापन पेशा त्यागेर विदेशिएका
पुनले अमेरिकाको नेब्रास्का युनिभरसिटीबाट शिक्षा विषयमा 'ब्याचलर ग्रि्री' गरि १२
वर्षपहिले नेपाल फर्केका थिए । तैपनी उनले यो पुरस्कार हालसम्म लिएका छैनन ।
जन्मथलोमा केहिगरुँ
भन्ने भावनाले ओतप्रोत पुन अमेरिकाबाट अध्ययन सकेर फर्के पछि सोझै जन्मथलो नाङ्गी
पुगे र गाउँलेहरु जम्मापारि गाउँ विकासको सपना सुनाए । अमेरिकामा पढेको मान्छेले
ठुलो जागिर मात्र खान्छन् भन्ने भ्रममा रहेका गाउँलेहरु पुनको कुरा सुरुमा पत्यायनन्
पनि । पुन मगरहरुको मात्र वस्ती भएको नाङ्गी गाउँमा मा.वि. तहको विद्यालय थिएन त्यसैले
पुनको सक्रियतामा स्थानिय श्रोतबाट मा.वि. तहको विद्यालय चलाइयो र शुरु भयो कम्प्यूटर
शिक्षा । अहिले उनको विद्यालयमा करिव ४० वटा कम्प्यूटर रहेका छन् । अक्कले विद्यालय
सञ्चालन गर्न आयश्रोत जुटाउने र भविश्यमा बन्ने विद्यालयको खाका तयार पारि वेभ
साइटमा राखे अनि अमेरिकामा पढ्दाका साथीसंगीहरुलाईर् इमेल लेखेर आफूले गर्न चाहेको
काम बारे जानकारी गराए । त्यहीबाट उनको विद्यालयमा विदेशबाट आउने आर्थिक तथा प्राविधिक
सहयोगको आइरो लागेको हो ।
भाङग्रा भिरेर, हाफ पाईन्ट लगाएको र खालिखुट्टामा दिनभरी काम गरिरहेको देख्दा जो
कोही पनि यस्तो पुरस्कार पाउलान भनि सोच्न सक्दैनन । तर तिनै झुत्रे देखिने नै मास्टर
माईण्ड भएको महाविर हुन । उनको विद्यालयका सबै कम्प्यूटरका बाकसहरु काठले बनेका छन्
।
२०५८ मा पुनले
अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट
कार्डलाई गाउँमा ल्याई स्थानियशिपको सहायताले संसार मै पहिलो पटक करिब ८० किलोमिटर
टाढा हिमाली वस्तीको हिमाञ्चल माध्यामिक विद्यालयमा वायरलेर्सर् इन्टरनेट प्रविधि
पुर्याउन विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना, स्थानिय गाउँमा फालिएका सिलट र
स्टिलका सामाग्रीहरुको प्रयोगमा ल्याएका छन् ।
हिमाञ्चल मा.वि. सदरमुकाम बेनीदेखि उत्तरपुर्वी डाँडामा रहेको छ । यहाँ पुग्न पैदल
१० घण्टा उकालो हिँड्नु पर्छ । अहिले हिमाञ्चल मा.वि ले छिमेकी देउराली नि.मा.वि.
राम्चे, शिख मा.वि., पाउद्वार मा.वि., मुक्तिमार्ग मा.वि. घार र खोप्रालेक गरी पाँच
विद्यालयसँग वायरलेस कम्प्यूटर फोन नेर्टवर्क गरि सवै विद्यालयमा इन्टरनेट सुविधा
पुर्याएको छ । यी सबै विद्यालय एक आपसमा १० किमी बढी दुरीमा रहेका छन् । विद्यालयमा
वायरलेर्सर् इन्टरनेट सेवा पुगेपछि ती विद्यालयमा अध्ययनरत तीन सयबढी विद्यार्थी,
शिक्षक र गाउलेहरुसँग इमेलमा पत्राचार गर्न सकिन्छ भने ती विद्यालयका बारेमा वेभ र्साईटमा
जानकारी प्राप्त गर्न सकिन्छ । हिमाञ्चल मा.वि. र पाउद्धार मा.वि. जिल्लामा कम्प्यूटर
विषयमा अध्यापन गराउने पहिला विद्यालय हुन् ।
सन् १९५७ मा फिलिपिन्सका पुर्बराष्ट्रपति रोमन म्यागासेसेको
नाममा स्थापित ५० हजार डलरको सो पुरस्कार पुन भन्दा अगाडी फिलीपीन्सका बासिङटन
साइपीस, एण्टोनियो मेलोतो, बेन्जामिन आबादीनो, पाकिस्तानका सोएब सुल्तान खान, इण्डोनेसीयाका
टेनेन सास्दुकी, भारतका शान्ता सिन्हा, जापानका एडुवार्र्डोजार्गेएन्जोरेना लगायतले
म्यागासेसे पुरस्कार पाइसकेका छन् ।
स्रोत: बेनी अनलाइन
|
|