आत्महत्याका
श्रृङ्खला
आज फेरि
सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी
। लेखिएको थियो
- “बर्षौदेखि
मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।”
दुइ हप्ता
पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा
झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत
व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन
पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु
हुन्न मामा-माईजुले
।
कुमारी
सरुका घरमा विवाहको कुरा चलिरहेका बेलामा यसरी एक पछि अर्को गर्दै सभ्य र
शिक्षित परिवारका महिलाहरूका आत्महत्याका बीभत्स दृश्य अनि अखबारमा
छापिएका आत्महत्याका खबरले उसलाई कता
-कता
शंका पैदा गरायो । शायद बबिता दिदीको घटनाले पनि उसलाई अझैसम्म
झस्काइरहेको होस् ।
सरुलाई अझै
ताजै जस्तो लाग्छ केटा पट्टिबाट बबिता दिदीलाई हेर्न आएका दिन बेलुकी
ठूलोबुवाले केटाको वर्णन गरेर सुनाउनु भएको ।
"क्यानडाबाट
भर्खरै इन्जिनियर पढेर आएका । परिवारमा सबैभन्दा असल । खान्दान पनि नाम
चलेको । बिवाह पछि दुलहीलाई पनि क्यानडा नै लिएर जाने अरे । यत्तिका घरमा
छोरी नदिए के पर्खेर बस्ने
-"
साँच्चै
!
त्यो साँझ
ठूलोबुबा असाध्यै खुशी हुनुहुन्थ्यो ।
अन्ततः
तिनै केटासँग धुमधाम गरेर आफ्नी एक्ली छोरीको कन्यादान गर्नु भएको थियो ।
बिवाहको दिन बेहुलाको जुत्ता लुकाएर हजार रूपैयाँ हात पारेको अहिले जस्तो
लाग्छ उसलाई । तर बिवाहको डेढ बर्षपनि पुग्न नपाउँदै बबिता दिदीले सुतेकै
ठाउँमा बिष खाएर आत्महत्या गरेको खबर आयो जुन खबरले ठूलोबुवाको मानसिक
स्थिति अझै सन्तुलित भएको छैन । आजकल सरुलाई मृत्युसँग भन्दा पनि
आत्महत्यासँग बढी शंका लाग्न थालेको छ ।
"यदि
मृत्यु ढोल बजाएर आईदिए
....... -"
लामो
श्वाससँगै उसको आवाज बाहिरियो ।
ऊ अखवार
छोडेर जुरुक्क उठी । यी शिक्षित र सुशील नारीहरू किन यसरी आफैंले आफैंलाई
मार्ने गर्छन्
<
उसलाई जान्ने तीब्र इच्छा जाग्यो ।
शंकाले
उसलाई पछ्याउन थाल्यो । आखिर आत्महत्या नै किन
<
प्रश्नको
उत्तर पाउन वायुपंखी घोडा झैं उसभित्रका जिज्ञासाहरू दौडिरहेका छन् ।
"अतिशोधले
त बाहिरै एउटी राखेको थियो अरे नि त
!
त्यही
कुरामा लोग्नेस्वास्नीमा झगडा भैरहन्थ्यो अरे ।"
दुइ
-चार
दिन अगाडि सरुकी आमा भन्दै हुनुहुन्थ्यो ।
"के
थाहा उनले लोग्नेको तिरस्कार सहन नसकेर आत्महत्या गरेकी हुन् कि
!"
सरु शंका
गर्छे ऊ कत्ति पटक अर्चना भाउजुसँग एउटै बाटो भएर क्याम्पस गएकी थिई ।
उनको अफिस सरुको क्याम्पस भन्दा पाँच मिनेट मात्र टाढा थियो । जीवनलाई
जहिले पनि संघर्षको पर्यायवाची भन्न रुचाउने उनी सरुलाई नारी जातिले
समुद्र जस्तै हुनु पर्छ भन्ने गर्थिन् । उनले भनेका कत्ति कुराहरूले
सरूलाई हिम्मत नहार्न उत्साहित गर्थ्यो । यी सबै अब सरुका संझनामा मात्र
जीवित छन् ।
हिजोआज
उसलाई अतिशोधप्रति सहानुभूतिको सट्टा घृणा लागेर आउँछ । श्रीमतीले
आत्महत्या गरेको तीन दिन नपुग्दै ऊ सामान्य भैसकेको देखिन्थ्यो मानौ
यत्तिका बर्ष श्रीमतीसँग बिताएका दुःख-सुखको
कुनै मूल्य छैन । टुहुरा छोराछोरी आमा गुमाउनुको पीडाले आँखामा आँशु
छचल्काइरहेका बेला उसका ओठहरूले भने सुकुमार मुस्कान छोडेको सरुले पटक
-
पटक देखेकी
थिई ।
"
यो देख्दा
देख्दै म कसरी मानौं अर्चना भाउजुले आत्महत्या गरेको हो भनेर
<
"
ऊ भित्र
असन्तोष मडारिँदो छ । उसलाई थाहा छ यो असन्तोष कसैसँग बाँड्न सक्ने खालको
छैन ।
ऊ
कल्पिन्छे
- "उसको
पनि लोग्ने हुनेछ एक दिन,
यो निश्चित
छ । ऊ भद्र हुनेछ केवल भद्रताको खोल ओढेको । ऊ शिक्षित हुनेछ तर
अव्यावहारिक
!
उसका
स्नेहका मूल फुट्ने छन्-
मात्र
विवाहको दुइ-चार
हप्तासम्म । हर प्रभातमा झुकाउने शिरलाई लत्याउने सत्पुरुष हुनेछ ।"
कल्पनामा
उसको लोग्ने एउटा ढोङ्गी आकृतिको पुरुषमात्र देख्छे । ऊ पुनः कल्पिन्छे
,
कल्पिरहन्छे तर हरेक पटक त्यही ढोङ्गी आकृति ।
"म
विवाह नै गर्दिन ।"
ऊ आफ्नो
निर्णयमा भित्रभित्रै दङ्ग पर्छे
"उफ्
!
फेरि आमाले
...... ,
छोरीको
कन्यादान गरेर मर्ने आमाको घिडघिडोलाई कहिलेसम्म लम्याउन सकुँला म । अब त
पढाई पनि सकिन लाग्यो । बहाना नै सकिन लागे । बिहे गरे पछि बबिता दिदी
मर्नु भो,
म पनि मरें
भने......
,
धत् मलाई
के भन्लान् यस्तो कुरा सुनाएँ भने ।"
उसको
मनोवादको कुनै निष्कर्ष निस्कदैन ।
"आफ्नै
घरमा त्यत्रो घटना घट्दा पनि छोरीलाई बिहे गरेर अर्काको जिम्मा लगाउन
हाम्रो खान्दानलाई अलिकति पनि डर छैन । छोरी मरेर के हुन्छ र
<"
मनमनै
बोल्दै आक्रोशमा कोठाको ढोका ढप्काउँछे उ ।
"सरू
,
साँच्चै
बबिताका दुलाहा त अर्को विवाहका लागि पल्लो घरका रमेशकी भतिजीसँग पो कुरा
चलाउँदै छन् रे
!"
ढोका
बाहिरबाट सरुले आमा बोलेको सुनी ।
घरमा सरु
बाहेक दिनभर को नै हुन्थ्यो र यस्ता खबर सुनाइहाल्न पाइने । त्यसैले केही
नयाँ कुरा सुनिन् कि सरुकी आमा दौडिदै उसलाई सुनाउन आईपुग्थिन् ।
"के
भयो
<
किन यसरी
मुख बिगार्नु भएको
<"
बन्द ढोका
उघार्दै सरूले सोधी ।
"के
हुनु म मन्दिरबाट फर्किदा रमेशकी श्रीमतीले सुनाएकी हाम्रा बबिताका
दुलाहा अर्को विवाहका लागि उनीहरूकै भतिजीसँग पो कुरो चलाउँदै छन् अरे ।
कस्ता मान्छे रहेछन्
,
पहिलो पटक
बेहुलो भएर आएको आँगनकै चार घर पर्तिर कसरी दोस्रो बिहेको कुरा चलाउन
सकेका
!"
सरुकी
आमाले प्रतिक्रिया जनाईहालिन् ।
"लाज
नभएकाहरू
,
समाजको
मर्यादा कसरी राख्ने भन्ने सामान्यज्ञान नभएकाहरूसँग कसको के लाग्छ र
!"
सरु बोली ।
"कुरो
मात्र चलाएर के भो र
,कसले
देला छोरी तिनीहरूलाई । बबिताले आत्महत्या गरेको केटीका सारा खान्दानलाई
थाहा छ । त्यस्तो थाहा पाउँदा पाउँदै कसरी दिन्थे
<"
सरुकी
आमाले छोरी दिदैनन् भन्ने ठहर गरिन् ।
विवाह
प्रसङ्गले एकै दिनमा सारा टोल ढाक्यो । छरछिमेकमा त्यसैबारे चर्चा चले ।
आखिर बिहे गर्ने निष्कर्षमा पुगे केटी पट्टीका । इन्जिनियर त्यसमा पनि
विदेशमा बस्ने । उनीहरू पनि बबिताकै बुवा जस्तै लोभिएको अन्दाज गरिन्
सरुकी आमाले । आफ्नै घरको मूलबाटोबाट आफ्नै छिमेकीकी छोरीलाई आफ्नै
ज्वाईंले दुलही बनाएर लगेको सरुका ठूलोबुवाले अश्रुधारा पिएर स्वीकारे ।
त्यो घाउ बनेर बस्यो उनको मुटुमा । सरुलाई पनि त्यस दिनभरी बबिता दिदीको
मात्र याद आइरह्यो ।
उसलाई थाहा
छ यो साल जसरी पनि उसको विवाह हुनेछ । तर किन
-किन
विवाहप्रति उसको वितृष्णा बढ्दो छ । ऊ व्यक्त गर्न सक्दिन । घृणा चुलिदो
छ पुरुषप्रति । यस्तो अवस्थामा ऊ कसरी आफूलाई कसैसामु सुम्पिन सक्छे
<
यो
प्रश्नको जवाफ ऊ कसैबाट पाउन सक्दिन ।
"केटा
पट्टीबाट केटी मनपराए अब टीकाटालोको दिन जुराउनु अरे भनेर पण्डित खबर
दिएर गए ।"
आमाले निकै
सतर्कतासाथ सरुलाई सुनाइन् ।
बिचरीले घर
भाडामा खोज्दै आएको बहानामा उसले आफूलाई नियालेर गएको पत्तै पाएकी थिइन ।
पछि घरमा कुरा चल्दा पो उसका हातखुट्टा लुला भएका थिए । बुवा कट्टर
परम्परावादी भएकाले केटा मन पर्žयो
परेन भनि प्रतिवाद गर्ने प्रश्नै उठ्दैनथ्यो त्यहाँ । त्यसैले केटा
देख्नु र नदेख्नु एकै थियो उसका लागि ।
तैपनि
आमाको खबरले खै किन ऊ निस्सासिए झैं भएकी छ । उसलाई सास फेर्न असजिलो
महशुस भैरहेछ ।
"वातावरण
प्रदूषित भएछ ।"आफ्नो
तर्क प्रति आफैं विश्वस्त हुन्छे ।
"सबै
स्वार्थी छन् कसलाई के पर्वाह
!"
मन उदाश
भएको छ उसको
"कतै
मलाई ऐठन भएको त होइन
<
ऐठन हुँदा
पनि सास फेर्न अफ्ठ्यारो हुन्छ भन्छन् । पहिले त कहिल्यै यस्तो भएको थिएन
।"
उसको
मानसपटलमा तुरुन्त अर्को शंका पैदा हुन्छ ।
"यसरी
मनले शंका मात्र पैदा गराउनु त मानसिक रोगको संकेत भन्छन् शायद त्यस्तै त
होइन
<"
एक पछि
अर्को गर्दै मनभित्र अर्न्तद्वन्द्वको सृजना हुनु स्वाभाविक नै त थियो ।
असन्तुष्टिहरू खुलेर कसैसँग राख्ने ठाउँ नपाउँदा उसका विचारमा नकारात्मक
रेखाहरू मात्र खिचिनुलाई ऊ सामान्य ठान्छे ।
घरमा
बिहानैदेखि चहलपहल देखिन्थ्यो । सरुलाई सिङ्गारिएको थियो । पाहुनाको
स्वागतका लागि रङ्गीचङ्गी पालले मञ्च सजाइएको थियो । निम्त्याएका
आफन्तहरूको ठूलै जमघट थियो । सबैजना कसैको पर्खाईमा मूलबाटोमा आँखा
लगाइरहेका थिए ।
मध्यान्न
भएको थियो आँगनमा गाडी रोकिएको आवाज सरुले सुनी । घरमा जति-जति
चहलपहल बढ्थ्यो उसको मन भने उति नै निराश थियो ।
"लौ
टीकाटालोको बेला भयो केटीलाई बाहिर ल्याउनु पर्žयो
।"
तुरुन्तै
बाहिरबाट कसैले बोलेको सुनियो ।
उसलाई एक
अपरिचित पुरुषको छेवैको कुर्सीमा लगेर राखियो जो उसको हुनेवाला जीवनसाथी
थियो । उसका आँखाहरू आफैं झुकेका थिए शायद एक असल नारी हुनुको परिचय हो
त्यो । जिन्दगी सुम्पनु पर्ने त्यस पुरुषलाई एक झलक अझै हेर्न सकेकी थिइन
उसले । सरुलाई यति थाहा भएको छ कि ऊ ठुलो अस्पतालको डाक्टर हो अरे ।
आफ्नो उपस्थितिलाई झुम्राको पुतलीसँग दाँज्दा-दाँज्दै
उसलाई पत्तै भएन उसका औंला कसैले दिएको औंठीले सजिइसकेछन् । ऊ भित्रको
शून्यताले कसैलाई केही फरक परेन । अन्ततः टीकाटालो धुमधामले सकियो ।
विवाहको
मिति पनि तोकियो । कार्ड छापिए । निम्ता बाँडिए । बेहुला र बेहुलीका कपडा
,
गरगहना
भित्रिए । दाइजोका सामानहरूले घर भरियो । सम्पूर्ण तयारी सकियो । केही
दिन मात्र बाँकी थियो उसलाई अन्माउन ।
"अब
के गर्ने हो
...... -
दुलहाकी
भाउजुले हिजो राति आत्महत्या गरिन् अरे दुलहाका मामाले फोन गरेका ।"
सरुका बुवा
आत्तिदै कोठा बाहिर निस्किए ।
सरु जडवत्
भई । टीकाटालोको दिन उसको कोठामै आएर बिदा मागेर गएकी शिक्षित सुन्दर
नारीले आत्महत्या गरिन् भन्दा उसलाई विश्वाश गर्न असाध्यै गाह्रो भयो ।
अनेकौं नारीहरूका आत्महत्याका अज्ञात भूतहरूले लामो समयदेखि घर बनाएको
मानसपटलमा अर्को एक घर थपिन गयो । बलियो जग हालेका ती घरहरू संत्रास
पूर्ण भए ।
दुर्घटनाको
कुराले घरका सबैमा अन्योल छायो । आखिर दुलहाका तर्फबाट अर्को खबर
नआउन्जेल केही काम अघि नबढाउने निधो भयो ।
"अब
बिवाहको साइत पन्ध्र दिन पछाडि सरेको छ ।"
घटनाको चार
दिन पछि साँझ घर आएका पण्डितले अर्को साइत पन्ध्र दिन लम्बिएको बताउँदा
सरु भने कोठाको भ्यालबाट देखिएको सूर्यास्त हेर्दै आफ्नो जिन्दगीका आउने
दिनहरू गन्दै थिई ।
thanks
Sak
Bahadur Roka magar
darbang
dukhu (besi) 3