दक्षिण कोरियामा भलिबल
प्रतियोगिताको फाइनल २७ मे आइतोबार हुने
म्याग्देलि सेवा समाज कोरियाले नया बर्षको
अबसर पारेर आयोजना गरेको भलिबल प्रतियोगिताको समय अभाबका कारणले उक्त दिनमा
फाइनल खेल हुन सकेको थिएन । उक्त खेल को फाइनल यहि मे २७ मा कोरियाको ओङ्सीनि
सिटिमा हुने जानकारि म्याग्देली सेवा सामाज कोरियाका सदस्य नारायण बरुवालले
हामीलाइ जानकारि गराउनु भएको छ ।
दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुबीच आयोजना गरिएको उक्त
भलिबल प्रतियोगितामा सात वटा टिमले सहभागिता जनाएका थिए । सात वटा टिमलाई
दुई समूहमा विभाजन गरी आयोजना गरिएको उक्त प्रतियोगिताको समुह ए मा आनन्द
इन्टरनेशनल इन्छन, पर्वत ७ क्लव, मगर मगर संघ र मिलिजुली क्लव थिए भने समुह
बीमा एनआरएन दक्षिण कोरिया, वागलुङ परिवार र म्याग्दी समाज थिए । ए र बी
टिमबीच भएको प्रतिस्पर्धात्मक भलिबल खेलमा आनन्द इन्टरनेशनल र म्याग्दी
परिवार फाइनल मा पुगेका छन् । समुह ए र बि बिच को कडा प्रतिस्प्रधा पछि
आनन्द इन्टरनेशनल र म्याग्दी परिवार फाइनलमा पुगेका थिए ।