प्रधानमन्त्रीले मधेसी नेतालाई भने- ढुक्क हुनुहोस्, संविधान संशोधनपछिमात्रै चुनाव घोषणा हुन्छ

pm-morcha
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेशी मोर्चाबीच शनिबार बिहान बालुवाटार छलफलमा भएको छ । यसक्रममा संविधान संशोधनपछि मात्रै चुनावमा जाने समझदारी भएको बैठकमा सहभागी नेताले बताए ।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रबार छलफल गरेका मोर्चाका नेताहरुले शनिबार बिहानै प्रधानमन्त्री निवासमा पुगेका थिए । संविधान संशोधन पहिले कि निर्वाचन भन्नेमा प्रमुख दलहरुबीच विवाद बढिरहेका बेला मोर्चाका नेताहरुले प्रधानमन्त्रीसित भेटेका हुन् ।
यथास्थितिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव स्वीकार्न नसक्ने वताउँदै आएका मोर्चाका नेताहरु पछिल्लाे समय केही लचिलो भएका छन् । उनीहरुले संशोधन प्रस्ताव अघि बढाएपछिमात्रै चुनावमा जानुपर्ने अडान प्रधानमन्त्रीसाग राखेका छन् ।
प्रमुख तीन दलले संविधान संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचनमा जाने बताएपछि मोर्चा एकाएक लचिलो बनेको हो ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव अघि बढाएपछि मात्रै चुनावको मिति घोषणा गरिने भन्दै आफूहरुलाई आश्वस्त पारेको मधेसी मोर्चाका एक नेताले अनलाइनखबरलाई बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment