चैतमा एमाले म्याग्दीको नवौं अधिवेशन

नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेसन आगामी चैत पहिलो हप्ता सदरमुकाम बेनीमा हुने भएको छ ।
बेनीको हाँडेभिर स्थित एमाले पार्टी कार्यालयमा सोमबार जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चैत ४ र ५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । यसैगरी केन्द्रिय कार्यक्रम अनुसार संगठन निर्माण र जनपरिचालनका लागि चार महिने गाउँ अभियान सञ्चालन गर्ने छ समुह निर्माण गरेको गरेको छ ।uml-myagdiसंबिधान कार्यान्वयन र संघियताको विषयमा कार्यकर्ता तथा सर्वसाधार समक्ष पार्टीको धारणा पु¥याउन गाउँ अभियानसंगै फागुन १४ गते बाबियाचौर र १६ गते पोखरेबगरमा आमसभा समेत आयोजना गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङको प्रमुख आतिथ्यतामा बसेको बैठकमा प्रदेश सहसंयोजक तथा पोलीटव्युरो सदस्य गणेश तिमल्सिना, प्रदेश सचिब तथा बैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, बैकल्पिक केन्द्रिय सदस्य एवम् म्याग्दी इन्र्चाज भुपेन्द्र थापा, साँसदद्धय नवराज शर्मा र नरदेवी पुनको समेत उपस्थिति रहेको थियो ।
- See more at: http://www.bikalpanews.com/?p=8824#sthash.OuTiTkoo.dpuf
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment