संगठनमा थापा

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भोजबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । संगठनको शनिबार बेनीमा सम्पन्न भएको दसौ अधिवेशनले थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।dsc07032समितिको उपाध्यक्षमा चित्रनाथ शर्मा, लिला गौतम, सचिवमा बिक्रम रिजाल, कोषाध्यक्षमा प्रकाश गुरुङ र सहसचिवमा भविराम किसान रहनुभएको छ । यामबहादुर केसी, मेघनाथ गैरे, गोविन्द शाह, बिमल गौतम, चन्द्रबहादुर खत्री, राजेश यादव, शोभा केसी र जमुना भण्डारी कार्य समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
निवर्तमान अध्यक्ष जिवनप्रसाद आचार्य, रामप्रसाद शर्मा र सगुन कसजु केन्द्रिय प्रतिनिधिमा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष श्रवण गुरुङले निजामती कर्मचारीको अधिकारका लागि प्राप्त उपलब्धीको संरक्षण र थप अधिकारका लागि एकतावद्ध हुनुपर्ने बताउनुभयो ।dsc07017नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देशको स्थाई संयन्त्र कर्मचारी जनमुखी र प्रभावकारी सेवा प्रवाहमा उत्तरदायी तथा संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।
संगठनका केन्द्रिय सदस्य साधनाकुमारी श्रेष्ठ, निजामती कर्मचारीको आधीकारीक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणी सापकोटा, बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, कर्मचारी मिलन केन्द्रका अध्यक्ष श्यामप्रसाद रिजाल, पेशागत महासंघका अध्यक्ष भक्त कार्कीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिवनप्रसाद आचार्यको अध्यक्षता, चित्रनाथ शर्माको स्वागत र भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सरुवा तथा अवकास प्राप्त कर्मचारीको बिदाई, नयाँ कर्मचारीलाई स्वागत गरिएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment