बेनीमा भलिबल र कराँतेको क्षेत्रीय छनौट प्रतियोगिता हुने

पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने भलिबल र कराँतेका खेलाडीहरुको छनौट खेल बेनीमा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २६ देखि ३० सम्म भलिबल र कात्तिक २९ देखि मंसीर २ गतेसम्म कराँतेको छनौट प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।dsc05697१६ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने छनौट प्रतियोगिता सफल र व्यवस्थित बनाउन १० वटा उपसमिति गठन गरेर तयारी तिब्र पारिएको समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन गर्ने समितिले जनाएको छ ।
अध्यक्ष विश्वकर्माको संयोजकत्वमा आर्थिक, शोभन श्रेष्ठ (स्वमसेवक), तेजेन्द्र बानिया (ध्वनी एवम् मञ्च), अमृत बास्कुने (प्रचारप्रसार र सम्मान), दानबहादुर राई (सचिवालय एवम् स्टेशनरी), हिक्मत श्रेष्ठ (आवास तथा खाना), चन्द्रा घले (सांस्कृतिक), दिनेश केसी (झाँकी एवम् ¥याली) र रमेश श्रेष्ठको संयोजत्वमा अफिसियल उपसमिति गठन गरीएको छ ।
प्रतियोगिता सञ्चालन गर्न १३ लाख २५ हजार २०० रुपैयाँ आम्दानी र ११ लाख पाँच हजार खर्च सहितको बजेट तयार गरिएको छ । यसैगरी समितिले क्षेत्रीय छनौट खेलमा सहभागि हुने म्याग्दीका उनानब्ब जना खेलाडी छनौट गरेको छ । खेलाडीको साथमा प्रशिक्षक पनि छनौट भएका छन् ।
एथलेटिक्स तर्फ ४४, भलिबलमा १०१०, फुटबलमा १८, बासकेटबलमा १०, ब्याडमिन्टनमा ५, टेबलटेनिस दुई, तेक्वान्दो १६, फुटकन्ट्याक्ट कराँतेका १० जना खेलाडी छनौट भएका छन् । उनिहरु राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि क्षेत्रीय प्रतियोगितामा सहभागि भई छनौट हुुनपर्नेछ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्न श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीले भलिबल र कराँते जस्तो लोकप्रिय खेलको छनौट प्रतियोगिता बेनीमा हुनु म्याग्दीको लागि सौभाग्य भएको बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment