भगवतीको पुरुष भलिबल केवाईसी घतानको कब्जामा

भगवती यूवा क्लवले बडा दशैं मेलाको अवसरमा आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधी केवाईसी घतानले हात पारेको छ । मंगलबार भएको फाइनलमा आयोजक भगवती यूवा क्लवलाई २ का विरुद्ध तीन सेटले केवाईसीले उपाधी कब्जा गर्न सफल भएको हो ।
14741015_900586256743360_1629428991_n-1
खचाखच दर्शकको उपस्थितिमा भएको खेलको पहिलो दुई सेट आयोजकले जितेपनि त्यसपछिका तीन सेट लगातार केवाईसीले जितेको थियो । निकै प्रतिस्र्धात्मक मानिएको खेलमा आयोजकले पहिलो सेट आफ्नो कब्जामा लिएपछि अन्तिम एक सेटमा जित्ने योजनामा केवाईसीका खेलाडी बाधक मात्रै भएनन् त्यसपछि लगातार हावी भएपछि आयोजकलाई उपविजेतामा सिमित राखेर जिल्लाकै लोकप्रिय भलिबल क्लवका रुपमा चिनिएको केवाईसीले आफ्नो विजय यात्रालाई निरन्तरता दियो ।
14798923_900571840078135_1975654036_n
जिल्लामा हुने धेरै भलिबल प्रतियोगितामा आमने–सामने हुने केवाईसी र भगवती यूवा क्लव विचको खेल हेर्द भगवती, पिप्लेका साथै जिल्लाका विभिन्न गाविसबाट समेत दर्शकहरू भगवतीको मैदानमा पुगेका थिए । दर्शककको बाख्लो उपस्थिती र घरेलु मैदानको फाईदा लिने योजना सहित मैदानमा प्रवेश गरेको भगवतीका खेलाडीहरूले पहिलो दुईसेट जितेपछि आत्मबल बढाएपनि केवाईसीका सुजन क्षत्री, राम क्षत्री सहितको टोलीले भगवतीका खेलाडीका प्रहार असफल मात्रै बनाएनन् खेललाई अन्तिम सम्म आफ्नो नियन्त्रणमा राख्न सफल भए ।
14800827_900588326743153_798263499_n
आयोजग भगवती का मनिस मल्ल, रोशन विक जस्ता अनभवी खेलाडीहरूको प्रर्दशनबाट उत्साहित भगवतीका शुभचिन्तक अन्तिम तीन खेलबाट निरास भएका थिए । ‘ पाचबर्ष उपाधी जित्न सफल भएका छौ । खेलाडीको मेहनतमा दर्शकले समेत साथ दिनुभयो’ केवाईसीका क्याप्टेन तेजेन्द्र बानियाँले बेनीअनलाइनलाइ भने ।
14798869_900586793409973_936904605_n
भगवतीको भलिबल खेल जिल्लामा धेरै चासो र दर्शकको उपस्थिती हुने भलिबल खेलमा पर्छ । दशैं अगाडी छिमेकी जिल्ला पर्वतको मल्लाजको हिमसुसेली यूवा क्लवको उपाधी हात पारेर भगवती पुगेका केवाईसीका सुजन क्षत्री, सन्दिप खत्री, शिव श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राम क्षत्री क्षत्रीय म्याग्दीबाट क्षत्रीय खेलमा छनौट भएका खेलाडी हुन् । जिल्लामा धेरै भलिबल प्रतियोगिता जित्ने क्लवको रेकर्ड राख्न समेत सफल भएको छ । मेलामा पुरुष भलिबलमा २४ टिमको सहभागिता रहेको थियो ।
14741015_900586256743360_1629428991_n-1
केवाईसीले उपाधीसंगै नगद ४० हजार र उपविजेता भगवतीले २५ हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ । यसैविच महिला भलिबल प्रतियोगिताको उपाधी दग्नामले हात पारेको छ । त्यसैगरी बास्केटबलमा नव सन्तोष यूवा क्लव पिप्ले विजेता र समाजसेवा यूवा क्लव मौवाफाँट उपविजेता भएका छन् । विजेताले क्रमस २५ हजार र उपविजेताले १५ हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । मेला असोज २४ गतेबाट सञ्चालन भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment