अोलीले राज्य कोषबाट पैसा लिएका छैनन

KP-Sharma-Oli, Chairman of UML
पूर्वराष्ट्रपतिलाई सरकारले उपचार खर्च दिएको विषयमा बहस भइरहेका बेला निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निजी खर्चमा नियमित स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएको नेकपा एमालेले प्रष्ट पारेको छ ।
पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा पनि नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताए । श्रेष्ठले भने-अहिले जसरी हल्ला गरेर ओलीले राज्य कोषबाट उपचार खर्च लिएर गए भनिएको छ, त्यो झूठो हो, सबै व्यवस्थापन पार्टीले उहाँको निजी स्रोतबाट गरेको हो ।
एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्नसमेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ । यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले बताए ।
नौ महिना प्रधानमन्त्री रहुञ्जेल नियमित स्वास्थ्य जाँचका लागि समय नभएको र धपेडीमा समेत परेकाले दुई साता बिदा मनाउन पत्नी राधिका शाक्यसहित ओली थाइल्याण्ड गएको एमालेले जनाएको छ ।
‘हाम्रोमा नेताहरुको निजी जीवन नै हुँदैन । नेताले बिदा मनाउने प्रचलन पनि छैन, ओलीले यो समयलाई निजी बिदा मनाउने रुपमा प्रयोग गर्नुभएको हो,’ श्रेष्ठले भने ‘उपचारको फलोअप पनि हुने, अफ्रो एशियाली संगठनको भेलामा सहभागी हुने र बिदा मनाउने ढंगले उहाँ जानुभएको हो ।’
पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र एमाले पोलिटब्यूरो सदस्य विष्णु रिमालसहित बैंकक गएका अध्यक्ष ओली सोमवार स्वदेश र्फकँदैछन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment