लिटील गार्डेनमा अभिभावक भेला

बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीको शुक्रबार १२ औ अभिभावक दिवस मनाइएको छ ।
कार्यक्रममा जिशिअ रामप्रसाद अधिकारीले बिद्यालयको सिकाईलाई समाज र सिद्धान्तलाई ब्यवहारमा जोड्न सक्नुपर्ने बताउँदै श्रमको सम्मान गर्ने भावनाको विकास गराउन सुझाव दिनुभयो । बिद्यार्थीहरुले गित, नृत्य र नाटक प्रस्तुत गरेको कार्यक्रममा अतिरित्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।dsc04644विद्यालयका प्रिन्सीपल प्रशान्तराज खनालको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालन र विद्यार्थी अनीसा सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा सञ्चालक बालकृष्ण सुवेदी, पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतम लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी बेनी सामुदायिक माविका विद्यार्थीहरुले शुक्रबार बेनी बजार सरसफाई गरेका छन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले बेनी बजारको सार्वजनिक ठाउँमा फालीएको फोहोर संकलन र व्यवस्थापन गरेका थिए ।
सन्तोष गौतम/विकल्प न्यूज
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment