एमालेले गर्यो बेगखोलाका पिडीतलाइ सहयोग


बेगखोलामा पहिरोले घरबार बगाएर बेघर बनेका ११ परिवारलाई नेकपा एमाले म्याग्दीले शनिबार नगद ३५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
व्यवस्थापिका संसदका सदस्यद्वय नवराज शर्मा र नरदेवी पुनले पाँचपाँच हजार र एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले तीनहजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
पार्टी सचिव बालकृष्ण सुवेदीले दुइहजार, प्रचार विभाग प्रमुख सुरत केसीले २ हजार पाँचसय रुपैंया सहयोग गरेका थिए । त्यस्तै सचिवालय सदस्य प्रमोद श्रेष्ठ, सन्तोष रावल, प्रेमबहादुर कार्की बिखर्ची, देउप्रसाद छन्त्याल, निर्वाचन आयोग अध्यक्ष गोरखबहादुर जिसी, जिल्ला सदस्यहरु बालकुमार रोका, कृष्णकुमार बिश्वकर्मा एमालेका चन्द्रमान छन्त्याल, टिका बरुवाल लगायतले उपलब्ध गराइएको रकम संकलनबाट ३५ हजार पुराएर बेगखोलाका पहिरो पिडीतलाई सहयोग उपलब्ध गराइएको हो । सहयोग प्रति परिवारलाई तीनहजार रुपैयाँ र बेपत्ता भएका पूर्णप्रसाद सिंजालीको परिवारलाइ पाँच हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।
एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पीडितहरुलाई राहत रकम हस्तान्तरण गरेका थिएभने सचिव बालकृष्ण सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए । गत बिहीबार राती आएको पहिरो पछिको बाढीले बेगखोलाका ११ वटा घर बगाउँदा ४८ जना विस्थापित भएका छन् ।
तीमध्ये एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन भने पीडितहरुलाई बारीमा अस्थायी टहरा निर्माण गरी राखिएको छ ।




























Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment