धाईरिङ जीप दुर्घटनामा परेका दुईजनाको शव उठेन

पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति माग गदैै शव उठाउन मानेका छैनन् । शनिबार भएको जीप दुर्घटनामाज्यान गुमाएकी बेनी नगरपालिका–३ ज्यामरुककोटकी राममायाँ दमाई र धाईरिङ– ८ की हरिमाया पुन का आफन्तले जीप धनीले क्षर्तीपूति दिने बताएपनि सम्पर्कमा नआएको मृतक राममायाँ दमाईका आफन्त बाबुराम नेपालीले बेनीअनलाइनलाई बताए ।
timthumb-php
‘कृर्याखर्च २० हजार रुपैयाँ पठाएका छन । क्षर्तीपूर्तिको लिखित प्रतिबद्धता चाहिन्छ’ उनले भने। पोस्टमार्टम गरेपछि म्याग्दी प्रहरीले शव उठाउन अनुरोध गरेपनि आफन्तले अस्वीकार गरेका थिए । पर्वत जिल्लामा घटना भएकाले घटना सम्बन्धि अनुसन्धान तथा सवारीधनीका मालिकलाई पर्वत प्रहरीले खोजी गरिरहेकाले पनि क्षर्तीपूर्ती प्राप्त गर्ने पर्वत प्रहरीले आश्वासन दिएको मृतकका आफन्तले बताएका छन् । मृतकका आफन्तले रकम नै तोकेर बार्गेनिक नगरेको बताउँदै जीपका मालिक प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने माग राखेका छन् ।
ग१ज ५१०२ नम्बरको जीप दुर्घटना दुर्घटनामा कास्की रिवाङ–९ कास्कीकी १४ वर्षीया अमृता पुनको अवस्था गम्भिर घाईते भएकी थिईन भने घाईरिङ–८ का पुजा परियार, विकेराम दर्जी, प्रकाश परियार, कास्की–९ रिवाङकी लुकमायाँ बुढाथोकी, निरज बुढाथोकी, निश्चल बुढाथोकी, पर्वत सालिजा–९ का सिमा पाईजा रहेका छन् । जीपका चालक रिम बहादुर फगामी प्रहरी नियन्त्रणमा छन् । प्रहरीको प्रारम्भीक अनुसन्धानमा जीप सडबाट करिव ६७ मिटर टल खसेको छ भने स्थानीयबासीका अनुसार ब्रेक फेल भएर पछाडी आएपछि दुर्घटना भएको प्रहरीलाई बताएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment