सुरु भयो बोल्ट र जस्टिनबीचको प्रतिस्पर्धा

विश्वकै तीब्र धावक उसेन बोल्टले आफ्नो पहिलो हिट्स १० दशमलव ०७ सेकेन्डमा पुरा गरेका छन्। उनले शनिवार ९ बजेर ३४ मिनेटमा सय मिटर स्पर्धामा भाग लिएका थिए।
उनले निकै सजिलोसँग दौड पुरा गरेका थिए। अन्तिम समय उनले आफ्नो गतिलाई कम गरेका थिए। यो स्पर्धामा अमेरिकाका जस्टिन ग्याटलिन बोल्टका प्रतिस्पर्धी हुन्। ग्याटलिनले पहिलो हिट्स सबैभन्दा कम समय १० दशमलव ०१ सेकेन्डमा पुरा गरेको थिए। जस्टिनले एकपल्ट प्रतिक्रिया दिएका थिए– दौडमा कि बोल्टले जित्छन कि मैले। यसभन्दा बाहिर कसैले जित्यो भने त्यो स्तब्ध नतिजा हुने गर्छ।
हिट्समा बोल्टभन्दा अगाडि आइभोरी कोष्टका बेन युसेफ मेइतेले १० दशमलव ०३ सेकेन्ड र क्यानडाका आन्द्रे डे ग्रासीले १० दशमलव ०४ सेकेन्डमा दौडिएका थिए। यो स्पर्धाको सेमिफाइनल आइतबार ९ बजेदेखि सुरु हुनेछ। र, स्वर्णका लागि १० बजेर २५ मिनेटमा हुनेछ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment