कति रोपियो त म्याग्दीमा धान ?

लगातारको बर्षाका विच साउनको तेस्रो साताको सुरुवातसम्म म्याग्दीका धान खेती हुने क्षेत्रमा करिव ९५ प्रतिशत रोपाई सकिएको छ । मानो छरेर मुरी उब्जाउने असारको तेस्रो सातासम्म प्रयाप्त बर्ष नभएका कारण रोपाईमा ढिलाई भएपनि त्यसयताको बर्षाले कृषकलाई सहज भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
Dhan ropai myagdi  (2)
‘साउनको अन्तिम सातासम्म खेतीयोग्य जमिनमा रोपाई सकिन्छ’ बरिष्ठ कृषि विकास अधिकृत श्याम प्रसाद रिजालले बेनीअनलाइनलाई भने । उनका अनुसार बारीमा मकै भएपनि धानखेती गर्ने केही खेतमा रोपाई बाँकी रहेपनि अधिकांसमा रोपाई सकिएको जानकारी कार्यालयमा प्राप्त भएको समेत बताए । उपल्लो भेगमा असारको पहिलो साता र तल्लो भेगमा तेस्रो हप्तादेखी रोपाई गर्ने लक्ष्यका साथ बिउ तयार गरेपनि खेतमा लगाइएको मकै सहितका अन्नबालीका कारण खोलानदीमा मूल फुटेका ठाउँमा समेत साउन महिनाबाट धमाधम रोपाई भएको थियो ।
IMG_1510
सिचाई सुविधा भएका अधिकाँस स्थानमा रोपाई सुरु भएको छ भने नदी आसपासका क्षेत्रमा सिचाई सहित मोटरबाट समेत पानी तानेर रोपाई गरेका थिए । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् । धान रोपाई सकिएपछि ग्रामिण क्षेत्रमा बारीमा रहेका मकै सहितका अन्य अन्नबालीमा ब्यस्त छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment