नेविसंघ महाधिवेशनको विवाद मिल्यो, मंगलबार चुनाव

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आइतबार हुँदैछ । प्रतिनिधि छनौट विवाद मिलेपछि शुक्रबार राति निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि आइतबार उम्मेद्वारी दर्ता हुन लागेको हो ।
साताअघि उद्घाटन भएर रोकिएको नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु नै नगरी निर्वाचन प्रक्रिया अघि शुरु भएको छ । आइतबार उद्घाटन लगत्तै अधिवेशन नगरीकनै भागबण्डाका आधारमा प्रतिनिधि बनाईएका ११ जिल्लाको विवाद उल्झिएपछि बन्द सत्र सुचारु हुन सकेको थिएन ।
महाधिवेशनमा ३ हजार ७ सय ६० प्रतिनिधि छन् । अहिले प्रतिनिधिलाई परिचयपत्र वितरण गर्ने काम भइरहेको छ ।
निर्वाचन समितिले आज दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । दाबी विरोध, फिर्ता लगायतको प्रक्रिया पुरा गरेपछि सोमबार साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरिनेछ समितिले जनाएको छ ।
उम्मेद्‌वारीको अन्तिम नामावली प्रकाशित गरेपछि मंगलबार चुनाव गरिने छ । मंगलबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म मतदान हुने छ । मतदान  नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा हुने छ ।


 हेर्नुहोस् नेपाली कांग्रेस ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका:

निर्वाचन कार्यक्रम
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन:– २०७३ श्रावण २९ गते साँझ ९:०० बजे ।
२. उम्मेदवारको मनोनयन दर्ता:– २०७३ श्रावण ३० गते दिनको ३:०० वजेदेखि साझ ६:०० बजेसम्म ।
३. उम्मेदवारको पहिलो नामावली प्रकाशन:– २०७३ श्रावण ३० गते बेलुकी ७:३० बजे ।
४. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दाबी संशोधन माग गर्ने समय:२०७३ श्रावण ३१ गते विहान १०:०० बजेदेखि १०:३० बजेसम्म ।
५. दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३१ ग्ते विहान ११:३० बजे ।
६. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध: २०७३ श्रावण ३१ गते दिउसो १२:३० बजेदेखि ३:३० बजेसम्म ।
७. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन: २०७३ श्रावण ३० गते दिनको १:०० बजे ।
८. उम्मेदवारीको नाम फिर्ता: २०७३ श्रावण ३१ गते दिनको १:३० बजेदेखि ५:३० वजेसम्म ।
९. उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०७३ श्रावण ३१ गते साँझ ६:०० बजे ।
१०. मतदान: २०७३ श्रावण ३२ गते विहान ०७:०० बजेदेखि साँझ ७:०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
११. मतगणना: मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment