डढेलोले स्पेनदेखि फ्रान्ससम्म प्रभावित

उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ ।  तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् ।
स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोमबारदेखि नै शुरु भएका थिए ।  आगलागीबाट बचाउन ४५ थरी जङ्गली जीवजन्तुलाई अन्यत्र सार्नु परेको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको तर, पोन्टेभेड्रा नगर नजिकै एउटा प्रहरी बाहन भने पूर्णरूपले ध्वस्त भएको जनाइएको छ ।
साथै, डढेलो नियन्त्रण गर्न प्रयासरत एउटा हेलिकोप्टर दुर्घटनाग्रस्त भई जमिनमा खसेको थियो । हेलिकोप्टरमा रहेका दुईजना अग्नी नियन्त्रक भने भाग्यवश सकुशल उम्केर भाग्न सफल भए ।  दावानलको कारण जोखिममा परेका निकटवर्ती थुप्रै गाउँमा सरकारले लेभल-२ को सजगता सूचना जारी गरेको थियो ।
डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब चारसय अग्नी नियन्त्रक तथा ७० वटाभन्दा बढी हेलिकोप्टर र २० भन्दा बढी अन्य विमान परिचालन गरेको र सयौँको सङ्ख्यामा स्थानीय स्वयंसेवक पनि खटिएका छन् ।  सुक्खा मौसम र कडा हावाहुरीका कारण ती सबैका परिश्रम खेर गइरहेको र डढेलो यस सप्ताहान्तसम्मै नियन्त्रणमा आउने छाँट देखिएको छैन ।
डढेलो लाग्नुको ठोस कारण नखुलाइए तापनि स्थानीय आर्दो गाउँवासीले खिचेका भिडियो फिल्ममा अलग अलग पाँचस्थानबाट एक्कासी, एकै पटक आगोको लप्का फैलिएर आएको देखिँदा जङ्गलमा सुनियोजित डढेलो लगाइएको अनुमान गरिएको बताइएको छ ।
त्यसैगरी, दक्षिणी फ्रान्सका धेरै नगर बाहिर पनि डढेलो लागी करिब तीनहजार तीनसय हेक्टर जङ्गल क्षेत्र स्वाहा भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । फ्रान्सको दक्षिणी प्रान्त बोचे दु रोनेको रोग्न्याक इलाका र प्रान्तीय राजधानी तथा फ्रान्सकै दोस्रो विशाल महानगर मार्सेल्लीनजिक समेत गरी करिब दुईहजार पाँचसय हेक्टर जङ्गलक्षेत्रमा दावानल फैलिएको छ ।
यी क्षेत्रमा फैलिएको डढेलोको ज्वालामा परी तीनजना स्थानीय जनता र हेरोल जिल्लामा चारजना अग्नी नियन्त्रक सख्त घाइते भएका छन् । डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब एकहजार आठसय अग्नी नियन्त्रक तथा पाँच सय वटाभन्दा बढी बारुणयन्त्र र सात वटा अन्य विमान परिचालन गरेको छ ।
विगतका धेरै हप्तादेखि रहिरहेको अतिसय तापक्रमयुक्त सुक्खा मौसम र कडा हावाहुरीका कारण यहाँ पनि सबैका परिश्रम खेर गइरहेको भनी फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनोभेले समाचारदाताहरूलाई बताएको छ ।
Wildfires in southern France (9)

Wildfires in southern France (11)
Wildfires in southern France (12)
Wildfires in southern France (13)
Wildfires in southern France (15)
Wildfires in southern France (16)
Wildfires in southern France (17)
Wildfires in southern France (20)
Wildfires in southern France (21)
Wildfires in southern France (22)

Wildfires in southern France (24)
Wildfires in southern France (25)
Wildfires in southern France (26)
Wildfires in southern France (3)
Wildfires in southern France (4)
Wildfires in southern France (5)
Wildfires in southern France (6)
Wildfires in southern France (7)
Wildfires in southern France (8)
Wildfires in southern France (27)
Wildfires in southern France (29)
Wildfires in southern France (19)
Wildfires in southern France (14)
तस्बिर : डेलिमेलिभीषण डढेलोले स्पेनदेखि फ्रान्ससम्म प्रभावित (फोटो फिचरभीषण डढेलोले स्पेनदेखि फ्रान्ससम्म प्रभावित (फोटो फिचर
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment