यस्तो छ बेनीको कला र संस्कृति झल्काउने बर्खेनाचको तालिका

म्याग्दीको पुरानो कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले परम्परागत रुपमा देखाउँदै गरिएको बर्खेनाच आाइतबार देखी नियमित सञ्चालन गरिने भएको छ । बर्खेनाचको सम्बन्धमा नेपाल भाषा मंकाः खलको यूवा संस्था ल्यामपुचको सक्रियतामा साउन चतुर्दशीका दिन घण्टाकर्णबाट सुरु भएको बर्खेनाच सहित आगामी कार्यक्रमहरू सार्वजनिक भएको छ ।
नेवार समुदायको पर्वका रुपमा लिने गरिएको बर्खेनाच महिलाको महानपर्व हरितालिका तीजको दिन लाखे नाच देखाएर समापन गरिने ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘नेवार समुदायको सक्रियतामा सञ्चालन गरिएपनि सबैको सहभागिता रहन्छ’ । यूवाको सक्रियतामा लोपउन्मुख कला र संस्कृतिलाई जर्गेना गर्ने सोच बनाएका छौ’ उनले बेनीअनलाइनलाई भने ।
13956777_1140292792681317_1933177519_nबर्खेनाच अन्र्तरगत साउन २३, २५, भदौ १३, १७, १९ गते लाखे नाच, साउन २८ र २९ गते घोडा नाच, भदौ २ र ३ गते नागानागीनी, भदौ १० गते श्रीकृष्ण जन्मउत्सवमा रथयात्रा, भदौ १९ गते हरितालिका तीजका दिन श्रीकृष्ण र लाखे विचको लडाईमा असत्य माथी सत्यको विजय स्वरुप लाखेको बध गरेर औपचारिक रुपमा बर्खे नाचको समापन हुने गरेको छ । जनशक्तीको अभावमा यसपटक जोगी र रोपाई नाचको सम्भावना न्युन रहेको समेत नेपाल भाषा मंकाः खलले जनाएको छ । करिव २ सय बर्ष अगाडी बेनीबजारमा बस्ती विस्तारको क्रममा विभिन्न जिल्लाबाट भित्रिएका नेवार जातीले कला र संस्कृतिलाई समेत भित्राएका थिए । त्यसयता निरन्तर बर्खेनाच देखाउने गरिन्छ ।
म्याग्दीका पुराना कला र संस्कृतिमा बर्खेनाचको समेत विषेश महत्व रहेको छ । बेनी र पर्वतबेनी आसपासका क्षेत्रबाट हेर्न आउने बर्खेनाचले बेनीबजारबासीलाई चाडपर्व सुरु भएको अनुभुति दिलाउने गरेको छ । अघिल्लो बर्ष जातीय पहिचान झल्कने गरी १० बर्ष पछाडी रोपाई नाच गरिएपनि पनि नेवार समुदायकै यूवापुस्ताले समेत नदेखेको सिकारी नाच र भोटे नाच भने लोप भइसकेको छ । बर्खे नाचमा संकलन भएको आर्थिकले ब्यवस्थापन खर्च कटाएर सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने गरिएको छ । हरिकृष्ण गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment