भागवण्डा मिल्यो, कांग्रेसले १३ र माओवादीले ८ वटा लिने

deuba-prachanda
 प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेको छ ।
स्रोतका अनुसार  कांग्रेस र माअाेवादीबीच बानेश्वरमा भएको वार्तामा  कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ ।
कांग्रेसको भागमा गृहसहित, रक्षा, परराष्ट्र, शिक्षा, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, शान्ति र खानेपानी तथा पर्यटन मन्त्रालय परेका छन् भने माओवादीले प्रधानमन्त्रीसहित, अर्थ, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वन, ऊर्जा, कानुन र सहकारी मन्त्रालय राख्ने भएको छ ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरी जाँदै छन् । माओवादीको भर्खरै बसेको हेडक्वार्टर बैठकले महरालाई अर्थ मन्त्रालय, श्रीपालीलाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई कृषि मन्त्रालय दिने निर्णय गरेको केन्द्रका स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटाले जानकारी दिए। आजै उनीहरुले सपथ लिँदै छन् ।
कांग्रेसका तर्फबाट निधी उपप्रधान तथा गृहमन्त्रीका हैसियतमा सरकारमा जाने पक्का भएको छ । यस्तै रमेश लेखकले भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्जुननरसिंह केसीको भागमा रक्षा मन्त्रालय परे पनि उनले चित्त नबुझाएका कारण उनको मन्त्रालयको टुंगो नलागेको स्रोतको दाबी छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment