भकिम्लीमा बालमैत्री स्थानीय शाषन सम्बन्धि तालीम

म्याग्दीको भकिम्लीमा शनिबार गाविस स्तरीय बालअधिकार, बालमैत्री स्थानीय शाषन र बालविकास व्यवस्थापन विषयक तालीम सम्पन्न भएको छ । जिविसको आर्थिक सहयोग र भकिम्ली गाविसको आयोजनामा साउन २१ र २२ गते तालीम सम्पन्न भएको हो । तालीमको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, सूचना अधिकृत पदम भण्डारी र बालअधिकार अधिकृत समिता थकालीले सहजिकरण गर्नुभएको थियो ।
1तालीममा राजनितिक दल, वडा नागरीक मञ्च, सामाजिक अगुवा, शिक्षक प्रतिनिधि गरि ४० जनाको सहभागिता रहेको थियो । बालअधिकार, बालबालिकामा लगानीको महत्व, बालमैत्री स्थानीय शाषनका सूचक लगायतका विषयमा सहजिकरण गरिएको भकिम्ली गाविसका सचिव शिव शर्माले जानकारी दिनुभयो ।
सो तालीमको क्रममा भकिम्लीमा विगतदेखि सञ्चालन हुदै आएको बालमैत्री स्थानीय शाषन कार्यक्रमको समिक्षा र आगामी रणनीतीको विषयमा छलफल भएको थियो । तालीमपछि बालमैत्री स्थानीय शाषनप्रती सरोकारवालाहरुको चासो र उत्साह बढेको गाविस सचिव शर्माले बताउनुभयो । सन्तोष गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment