भलिबल प्रतियोगिताको उपाधी बागलुङ सम्पर्क समितिलाई

कोरियामा रहेका म्याग्देलीलाई लक्षित गरी स्थापना गर्न लागिएको म्याग्दी घरलाई आर्थिक जुटाउन आयोजित भलिबल प्रतियोगिताको प्रथम बागलुङ सम्पर्क समिति कोरियाले हात पारेको छ । फाईनलमा कास्की सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । निकै आक्रामक र कोरियामा रहेका नेपालीहरुको भलिबल खेलमा बचस्व कायम गरिरहेको बागलुङ सम्पर्क समितिले खेल अवधिभर निकै उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।
13686672_1241245772565924_4208141132202390350_nप्रतियोगिताको विजेताले क्रमस १२ लाख वन, उपविजेताले ९ लाख वन, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी सान्त्वना पुरस्कार यूनिक भिजन गु्रप र छन्त्याल समाजले ३ लाख ५० हजार वन प्राप्त गरे । त्यसैगरी तीन टिमको सहभागिता रहेको प्रतियोगितामा पुन समाज यूकेले हात पारेको छ भने दोस्रो स्थान आयोजक मोना कोरियाले भएको छ । प्रथम र द्धितिय समुहले क्रमस १ लाख ५० हजार र ७५ वन प्राप्त गरेको मोना कोरियाका खेलकुद संयोजक गंगाराज बानियाँले बताए ।
13680856_134541910317988_5665366997570757177_n-900x450विजय खेलाडीलाई एनआरएन कोरियाका अध्यक्ष राजु क्षत्री, एनआरएनका बरिष्ठ उपाध्यक्ष एवम् मोना आइसीका सहकोषाध्यक्ष ओम नारायण जुग्जाली लगाएतले गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन म्याग्दी प्रवासी नेपालपी संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिका बरिष्ठ उपाध्यक्ष विनोद कुँवर र सह–कोषाध्यक्ष ओमनारायण जुग्जालीले गरेका थिए ।
भलिबल प्रतियोगितालाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई मोना कोरियाका अध्यक्ष लोक बहादुर बानियाँ ‘आलोक’ले भन्यबाद दिएका थिए । कोरियामा रहेका म्याग्देलीहरूको समस्याहरुलाई समाधान गर्ने गरी मोना कोरियाले रचनात्मक कार्यहरू सञ्चालन गदैं आइरहेको छ । कोरियामा रहेका म्याग्देलीको समस्या लाई समाधान गर्ने गरी सुरु गरिएको म्याग्दी घर बनाउने अभियानका लागि गरिएको कोरियामा रहेका म्याग्देली सहित नेपालीले सहयोग गरेका थिए । हरिकृष्ण गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment