प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

Samsad_Bhawan_nepal (parliament of nepal) (9)
हमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्माले  बहुमतीय प्रक्रियाकाे  प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनका लागि यही साउन १९ गते मतदान मिति तोकिएको हाे ।
व्यवस्थापिका–संसद्को साेमबारको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । सो अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि साेमबार राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाएकी थिइन् ।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो । सभामुख घर्तीले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका साेमबारै प्रकाशन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकी निर्देशन दिएकी छिन् ।
संविधानको धारा २९८ उपधारा २ बमोजिम सहमतीय आधारमा प्रधानमन्त्री चयन हुने सम्भावना टरेपछि बहुमतीय प्रक्रियाका आधारमा आगामी बुधबार देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गरेको छ । सो अनुसार यही साउन १८ गते बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।
संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment