‘गाउँघरमा अपराधिक घटना भए तत्कालै खवर गर्नुहोस्’

जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार बेनी नगरपालिका–१४ सिङ्गामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण भेगका जनताको गुनासो सुन्ने उद्देश्यले १४औं चरणको कार्यक्रम सिङ्गाको धौलागिरि माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।
13901575_271661193213983_7425083297162393087_nकार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले समाजमा घट्ने प्रहरीसँग सम्बद्ध हरेक किसिमका खबरहरु प्रहरीलाई सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग पु¥याउन आग्रह गरेका छन् । उनले कार्यक्रममा सिङ्गावासीले उठाएको जिज्ञासाको सम्बोधन गर्दै जलविद्युतका पुराना पोल परिवर्तनका लागि विद्युत कार्यालयसँग आवश्यक समन्वय गरी तत्कालै समाधान गरिने बताएका थिए ।
प्रजिअ अधिकारीले भूकम्पपीडितलाई राहत वितरण प्रजिअमार्फत हुँदै आएकोमा हाल पुनर्निर्माण प्राधिकरणबाट अनुगमन गरी वितरणको व्यवस्था भएको हुँदा सोहीअनुसार हुने जानकारी दिए । उनले भूकम्पपीडितलाई त्रिपाल भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने समेत बताए । यसैबीच उनले म्याग्दीमा राहदानी लिनेमा महिलाको संख्या बर्षेनी बढिरहेको हुँदा विदेश जानुभन्दा स्वदेशमै बसेर उद्यम गर्न अनुरोध गरेका छन् ।
13872716_271660996547336_1262572319131407023_nकार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले अपराध न्युनीकरण सबैको दायित्व भएकाले ‘प्रहरी मेरो साथी’ भनी नागरिकस्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले समाजमा घट्ने हरेक किसिमका घटनाको जानकारी तत्कालै प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दै प्रहरी कार्यालयको १००, ९८५७६४०४४४ र ९८५७६२५५५५ फोन गर्न समेत आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा प्रनाउ खड्काले अपराध अनुसन्धान, शान्तिसुरक्षा, उद्धार तथा विपद् व्यवस्थापन, अल्पकालीन अपराध नियन्त्रण कार्ययोजना, प्रहरी परिचालन, जिल्लाको शान्तिसुरक्षा र प्रहरीको भूमिका तथा नागरिकको सहयोगलगायतका विषयमा प्रकाश पारेका थिए । यसैगरी उनले घरेलु हिंसा, मदिरा उत्पादन, जुवातास, लागूऔषध नियन्त्रणलगायत सामाजिक बिकृति र विसङ्गतिका विषयमा पनि नागरिकलाई सचेत गराएका छन् । कार्यक्रममा सहभागीहरुले गाउँमा विकास निर्माण, शान्तिसुरक्षा, भूकम्पपीडितलाई राहत उपलब्ध, सम्बन्धित निकायहरुबाट समयसमयमा अनुगमनलगायतका विषयहरुमाथि जिज्ञासा राखेका थिए ।
सोही कार्यक्रमको अवसरमा प्रहरी निरीक्षक कृष्णकान्त अधिकारीले धौलागिरि मावि र म्याग्दी एकेडेमीका कक्षा ९ र १० मा अध्ययनरत २०० विद्यार्थीहरुलाई लागूऔषध, जनचेतना तथा विद्यमान कानुनी व्यवस्थाको सम्बन्धमा School meet कार्यक्रम गरेका थिए । कार्यक्रमका सहभागीहरुले उठाएका जिज्ञासाको प्रजिअ आचार्य र प्रनाउ खड्काले सम्बोधन गरेका थिए । सो कार्यक्रममा सिङ्गास्थित स्थानीय राजनीतिक दल, समाजसेवी, शिक्षक विद्यार्थी, युवा क्लब, आमा समूहलगायतको सहभागीता रहेको थियो । कार्यक्रम धौलागिरि माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment