यस्ता छन् पशु विकास राज्यमन्त्री नरदेवी पुनको कार्यकालमा भएका गतिविधिहरू

नेकपा एमालेबाट पशु विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेबारी सम्हालेर हालै निर्वतमान हुनुभएकी नरदेवी पुन म्याग्दी जिल्लाको आशालाग्दो नेतामध्ये एक मानिनुहुन्छ । म्याग्दी जिल्लाकै इतिहासमा पहिलोपटक महिला मन्त्रीस्तरको पहुँचमा पुग्न सफल पुन राजनीतिमा कहिल्यै हरेस नखाने नेताको समेत हुन् ।पटकपटक निर्वाचनमा पराजय भएपनि राजनीतिमै सक्रिय रहनुभएकी पुनले राजनीतिक संगै शिक्षामा समेत स्नातकोत्तर गर्नुभएको छ ।
dn-7२०५६ सालको संसदीय दल र ०६४को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएपछि पराजित भएपछि राजनीतिक भविस्यकै बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको अवस्थामा दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवार हुदै सभाषद हुदै राज्यमन्त्री हुनुभएकी पुन जनजाती भएपनि अन्य समुदायसंगको सम्बन्धलाई समेत राम्रो बनाउने नेताको रुपमा समेत चिनिनुहुन्छ ।
२०५६ सालमा १२ हजार १९६ र ०६४मा भएकोपहिलो संविधान सभामा१४ हजार ४५३ मत ल्याएकी पुन ले राजनीतिकसंगै शिक्षामा समेत पुनले राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । कुहुँ गाविस—७ भरजुलामा जन्मिएकी ४७ वर्षिय पुन २०४२मा शिक्षकको स्थाई पद छाडेर राजनितिमा सक्रिय भएकी हुन् । नेकपा एमालेको जिल्ला कमिटि उपसचिव, राष्ट्रिय परिषद् सदस्य, सांसद हुदै राज्यमन्त्री सम्म पुग्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रधानमन्त्री २०७२र०९÷१७ देखी पद वहाली भएपछि गरिएको योजना तथा कार्यक्रमहरू
1. मिति २०७२÷०९÷१७ गते पद वहाली भए पछि मिति २०७२÷१०÷१३ गते मन्त्रालयको ४० वुदे प्रतिवद्धता पत्र तयार पारी सार्वजनिक गर्न सक्रीय भूमिका निर्वाह गर्नु भएको । यसका लागि मन्त्रालयमा पहिलो पटक मातहतका कर्मचारीहरु र सम्बन्धित विषयका वाह्य विज्ञहरुको समेत उपस्थिति गराई सक्रिय सहभागिताको आधारमा राज्यको नीति निर्माण गर्ने प्रचलनको शुरुवात गरिएको । प्रतिवद्धता पत्रमा नेपाललाई अगामी ३ वर्ष भित्रमा अण्डा, मासु र दूधमा आत्मनिर्भर गराउने भनी मूख्य रुपले अघि सारिएको छ ।
2. उपरोक्तानुसारको प्रतिवद्धता पत्रमा उल्लेख गरिएका हरेक वँुधामा आधारित भएर सोको कार्यान्वयनको लागि आवश्यक कार्यविधी तथा निर्देशिकाहरु तयार पारिएको ।
3. उपरोक्तानुसाारको कार्यविधिहरुको आधारमा मासु र दूध जन्य पदार्थको सेवनमा स्वच्छता र शुद्धता ल्याउने अभिप्रायले गत चैत्र १४–२१ गते सम्म “बधशाला देखि भान्सा सम्म स्वच्छ र स्वस्थ मासु अभियान” र असारमा “गोठदेखि ओठ सम्म सफा र शुद्ध दूध अभियान” सञ्चालन गरिएको थियो । यस अभियानका क्रममा संकलन गरिएका मासुको १०२ नमूना लाई प्रयोगशालामा परीक्षण गर्दा ९ वटा मात्रै खान योग्य प्रमाणित भयो । यस्तै दूधको पनि उहि हविगत देखियो । यसबाट यो अभियानको औचित्य स्वतः प्रमाणित हुन पुग्यो । यसले यो अभियानलाई निरन्तरता दिनु पर्ने वाध्यता बनाई दिएको छ ।
4. पशुपन्छी विकास नीति २०७३ को तर्जूमा गरी मन्त्री परिषदमा पेश भएको । थप छलफलका लागि हाल योजना आयोग र अर्थमन्त्रालयमा छलफलको क्रममा रहेको छ ।
mantri.JPG5. “मासु जाँच ऐन २०५५” र “पशु स्वास्थ्य ऐन २०५५” को परिमार्जन गरी संसदमा पेश गर्नका लागि हाल कानून मन्त्रालयमा पेश भैसकेको छ ।
6. नेपालमा पहिलो पटक मुस्ताङ्ग जिल्लामा च्याङ्ग्रा फर्मको स्थापना गर्न १ करोड बजेट समेत विनियोजन गरिएको
7. म्याग्दी र गोर्खा जिल्ला लगाएत नेपालका ५ वटा जिल्लाहरुमा पहिलो पटक भेडा पालनको लागि बजेट सहित कार्यक्रम तर्जूमा गरिएको ।
8. त्यसै गरी यस क्षेत्रको उत्पादनलाई तीव्र र दीगो रुपले अगाढी बढाउन पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका ४ पिलरहरु (आहार व्यवस्थापन, नश्ल सुधार, स्वास्थ्य र बजार व्यवस्थापन) को सुदृढिकरणका लागि हरेक क्षेत्रमा विज्ञहरुको राष्ट्रिय सल्लाहकार समिति गठन गरी तत्कालिन प्रम केपी ओली शर्माको प्रमुख आथित्यतामा उद्घाटन समेत भै कार्यारम्भ भएको ।
9. भेडा र च्यांग्रा जस्तै नेपालमा सम्भावित सबै प्रकारका पशुजन्य उत्पादनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले प्रवद्र्धन गर्नका लागि भैंसी, बाख्रा, गाई, चौरी, बंगुर आदिको ब्लकीङ्ग प्रणालीबाट उत्पादन गर्न योजना, कार्यक्रम र बजेटको व्यवस्था गरिएको ।
10. बुढा भएका अनुत्पादक गाई गोरुहरु नेपाली हिन्दू धर्म परम्परा र राष्ट्रिय जनावर समेत भएको कारणले यसलाई व्यवस्थापन गर्नका लागि गौशालाको अवधारणालाई व्यवस्थित पारिएको ।
11. हाल सम्म पशु विभागमा प्राप्त हुने कुल रकम मध्ये करीव ७०% केन्द्रमा र ३०% मात्रै जिल्लामा पठाउने गरिएकोमा चालु आ.व. देखि यसलाई उल्टाएर ३०% मात्रै केन्द्रमा रहने र ७०% जिल्ला तहमा पुग्ने अनिवार्य व्यवस्था गरिएको ।
12. जिल्लामा प्राप्त हुने बजेट मध्ये रु. ८ लाख सेवा केन्द्र “क” र रु. ५ लाख सेवा केन्द्र “ख” को लागि सिधै जाने व्यवस्था गरिएको छ । यसबाट यस क्षेत्रका ग्रामिण क्षेत्रका कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
13. मन्त्रालयबाट हुने वैदेशिक भ्रमण, कर्मचारीको सरुवा तथा मन्त्रालय अन्तर्गतका दूग्ध विकास वोर्ड र दूग्ध विकास समितिका प्रमूखहरुको राजनैतिक नियुक्तीका लागि कार्यविधिहरुको तर्जूमा भै मन्त्री परिषदबाट स्वीकृत हुने क्रममा रहेको । यसको स्वीकृति पश्चात् यस क्षेत्रमा हुने अनधिकृत राजनैतिक नियुक्तिको अन्त्य हुने र सक्षमहरु मात्रै छनौट हुने पद्धतीको लागू हुने ।
14. गत जेठ ७–१४ गते सम्म फ्रान्सको पेरिसमा आयोजित विश्व पशु स्वास्थ्य संगठनको कार्यक्रममा निवर्तमान मा.राज्यमन्त्रीज्यूबाट भएको सहभागिताको क्रममा चिनिया समकक्षी सँग भएको भेट वार्तामा चिनले नेपाल सरकारको पशुपन्छी क्षेत्रमा खोरेत रोगको भ्याक्सिन उत्पादन गर्न, हिमाली क्षेत्रमा चौरी गाई पालनमा सहयोग र मन्त्रालय अन्तर्गत कार्यरत प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक तालिम, अध्ययन भ्रमण तथा अध्ययन जस्ता कार्यहरुमा खुला रुपले सहयोग गर्ने सहमति भएको । यसका लागि नेपालका तर्फबाट तयार पारिएको अवधारणा पत्र हाल परराष्ट्र मन्त्रालयमा पेश भैसकेको ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment