अरुले बिन्तिपत्र हालेर भेट्थे, मदन भण्डारीलाई राजाले खोजेर भेटेका थिए

अरुले बिन्तिपत्र हालेर भेट्थे, मदन भण्डारीलाई राजाले खोजेर भेटेका थिए
शक्तिकेन्द्र जहाँ हुन्छ, त्यहाँ वरिपरि बस्नेहरुसँग निकट पुग्ने मानिसहरुको कमी हुँदैन । कुनै बेला रेवतीमरण खनाल नेपालका एकजना शक्तिशाली मानिस थिए । किनभने, दरबार शक्तिकेन्द्र थियो र राजदरबारका पुराना र अनुभवी कर्मचारी खनाल राजदरबारका प्रमुख सचिव थिए । राजा वीरेन्द्र संवैधानिक दायरामा बस्न सहमत भएर प्रजातन्त्र पुनःस्थापना भएपछिका घटनाक्रमहरुका नजिकका साक्षी खनालले ती अनुभवहरुलाई अनुभूति र अभिव्यक्ति नामक आत्मकथामार्फत सार्वजनिक गरेका छन् । 
ती मध्ये नेकपा ९एमाले० का तत्कालीन महासचिव मदन भण्डारीसँग सम्बन्धित एउटा प्रसंग पुस्तक ९पृष्ठ २१९, २० र २१० मा उल्लेख छ । त्यसमा मदन भण्डारीलाई भेट्नका लागि दरबारका तर्फबाट आफूले कसरी समय मागेँ र के कुराकानी भयो भन्नेबारेमा उनले यसरी उल्लेख गरेका छन्ः

संविधान आएपछि २०४८ सालको आम निर्वाचनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले आम निर्वाचनका प्रचारको सिलसिलामा राजा वीरेन्द्रलाई प्रजातन्त्रविरुद्ध सक्रिय हुन थालेको आरोप लगाउँदै ०४७ चैत्रमा चाबहिलको आमसभामा भने, ‘महराज १ आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, । यदि राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आइबक्सियोस् । तपाईंसँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ ।’ यस्तो समाचार अखबारमा छापियो ।

मैले राजाको दर्शन पाएपछि यो कुरा जाहेर गरेँ, ‘यो त अति भयो । राजाले जनताको नेतासँग कहीँ चुनाव लड्छन् रु संवैधानिक भइबक्सेको राजाबाट कहाँको राजनीति गरिबक्सेको देखेर यस्तो जिम्मेवार नेताले त्यस्तो बोलेका हुन् रु यसरी सरकारलाई चुनौती दिएको सह्य भएन ।अनुमति पाऊँ, म कुरा गर्छु ।’

‘तिमीले कुरा गरेर के हुन्छ र रु’, राजाबाट सोधनी भयो ।

मैले पाल्पामा बीआर राईसँग भएको कुरा जाहेर गर्दै भनेँ, ‘केही परिवर्तन भएनछ भने पनि नोक्सान केही छैन, अनुपति पाऊँ ।’

‘हुन्छ’, राजाबाट अनुमति प्राप्त भयो । बेलुका फोन गरेर मदन भण्डारीसँग समय मागेँ ।

‘चुनावसम्म व्यस्त छु’, उहाँले भन्नुभयो ।

‘एकछिन जनुसुकै बेला भए पनि समय मिलाउनुहोस्’, मैले पुनः आग्रह गरेँ ।

राती १०ः०० बजे बालाजु बाइपासको तीनकुनेमा मोटरमै भेट्ने भनेर मोटरको नम्बर र रङ बताएपछि म भेट्न गएँ । हामीबीच करिब ४५ मिनेट कुरा भयो । अनि, उनको प्रचारमा राजालाई मुछ्ने काम भएन । ‘त्यो त चुनाव जित्ने रणनीति मात्र हो’, उनले भनेका थिए । मदन भण्डारीको देहान्तपछि उनको नोटबुकमा टिपेका भनेर यो भेटबारेका कुरा छापिएपछि गलत ब्याख्या हुन नपाओस् भनी ‘मदन भण्डारीसँग केही क्षण’ लेख मैली समकालीन पत्रिकामा प्रकाशित गरेँ ।

चुनाव जितेपछि मैले मदन भण्डारीलाई फोनबाट बधाई दिएँ । एमाले प्रतिपक्षमा बसेपछि फेरि हाम्रो त्रिभुवन विमानस्थल जाने बाटोको तीनकुनेमा राती नौ बजे भेट्ने कार्यक्रम बनाई भेट भयो । मैले भनेँ, ‘तपाईं जिम्मेवार दलको प्रतिपक्षी नेता हुनुहुन्छ । तपाईंले राष्ट्राध्यक्ष राजालाई भेट्नुपर्ने हुन्छ । त्यसका लागि तयार रहनुपर्छ ।’ पछि समय मिलाई मैले उहाँको राजासँग भेट गराएँ । भेटपछि उहाँ राजाबाट प्रभावित हुनुभयो र भन्नुभयो, ‘राजसंस्था पनि एउटा शक्ति हो । राज्यका सबै शक्तिहरु मिलेर आ–आफ्नो क्षेत्रबाट देशलाई अगाडि बढाउनुपर्छ ।’ यसरी मदन भण्डारी एउटा आँटिलो राजनेता भएको मैले पाएँ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment