कार्यकक्षमै कुटे जिल्ला शिक्षा अधिकारीले अधिकृत

विद्यालयमा पठाएको निकासाको विषयमा विवाद हुँदा काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङ र शाखा अधिकृत बालकृष्ण सिंखडाबीच कुटाकुट भएको छ ।अनियममितताको विषयलाई लिएर भनाभनभएपछि कार्यालयमै जिशिख र अधिकृतबीच कुटाकुट भएको हो । शुक्रबार दिउँसो ३ बजे दुवैले एकअर्कालाई आरोपप्रत्यारोप गर्ने क्रममा जिशिअ गुरुङले शाखा अधिकृत सिंखडामाथि हातपात गरेको समाचार आजको राजधानी दैनिकमा छ ।
bhandaiतेस्रोपटक काभ्रेको जिशिख बनेर आएका गुरुङ केही समयदेखि विद्यालयको अनुगमनको क्रममा थिए । अनुगमनका क्रममा आफ्नो कार्यालयबाट त्रुटि नै त्रुटि भएको पाइएपछि आक्रोशित भएर शुक्रबार दिनको ३ बजे कार्याकक्षामा पुगेका कार्यालय प्रमुखलाई त्रुटि गर्ने शाखमा अधिकृतले के छ हाकिम साप भनेर सोधेपछि आक्रमणको अवस्था र्सजना भएको हो ।
काभ्रेका केही विद्यालयमा विद्यार्थीको संख्या नै बढाएर आर्थिक सहायतामा थपघट गरेपछि आक्रोशित भएर कार्यालयमा आएका प्रमुख डा. गुरुङले के कसो छ भनेर सोध्न थालेपछि विवाद भएको थियो ।गुरुङले विद्यार्थी कम भएको स्कुलमा पुगेर अनुगमन गर्दा गलत रिपोर्ट देखिएपछि के हो भनेर सोध्दा उल्टै ठूलो स्वर गरेपछि आफूले मुख बन्द गराएको गुरुङले बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment