बिद्यालय खुले

विप्लव नेतृत्वको नेकपा–माओवादीले सोमबार देशभर गरेको निजी शैक्षिक संस्था बन्दको आधिकारिक जानकारी नभएको निजी विद्यालयको संस्था ब्याब्सनले जनाएको छ । ब्याब्सन म्याग्दीका अध्यक्ष राजकुमार थापाले बन्दका बारेमा कुनै जानकारी नभएकाले जिल्लाभरका निजी विद्यालय निर्वाध सञ्चालन भइरहेको बताए ।
‘बन्दको हल्ला सुनेका थियौ, तर संस्थागत रुपमा जानकारी प्राप्त भएन्’थापाले बेनीअनलाइनलाई भने । बन्दको हल्लाले अभिावकाले विद्यालयमा सम्पर्क गरेर समेत चासो देखाएका थिए । माओवादीले निजी विद्यालयको शुल्क, छात्रबृत्ती सहित भारतीय विद्यालयलाई नेपालमा सञ्चालन गर्न दिइएको अनुमति लगाएतका विषयमा केन्द्रित भएर देशभर हड्तालको घोषणा गरेको थियो । नेकपा–माओवादी म्याग्दीका इन्र्चाज गम बहादुर श्रीषले देशभर निजी विद्यालय बन्दको जानकारी सबैलाई गराइएको बताए ।
‘विद्यार्थीले सर्वसुलभ शुल्क तिरेर पढ्न पाउनुप¥यो । हामीले यो आन्दोलनलाई थप शसक्त बनाउनछौ’ श्रीषले भने ।कुल विद्यार्थी संख्याको ३० प्रतिशत छात्रबृत्री, भारतीय लगानमिा रहेका विद्यालय बन्द, शुल्क समायोजन सहित शैक्षिक क्षेत्रको माफियातन्त्रको अन्र्त लगाएतमा केन्द्रित भएर आन्दोलन गरिएको बताए । बन्दको जानकारी पाएपछि प्रहरीले जिल्ला सदरमुकाम बेनीका निजी विद्यालयमा सुरक्षा ब्यवस्था कडा बनाएको छ । यसैविच जिल्ला सदरमुकाम बेनी बाहिर रहेका निजी विद्यालयमा समेत बन्दको न्यून प्रभाव देखिएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment