म्याग्दीमा हुने चौँरी गाईको रगत पिउने मेला रोक्न सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । 
अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो मेला रोक्न आदेशको माग गरिएको छ । 
रिट निवेदनमा भनिएको छ, “ज्यूँदो चौरी गाईको जिउबाट निकालिएको रगत पिउने मेला गैरकानुनी कार्य हो ।” मेलामा जिउँदो चौँरी गाईको जीउबाट निकालिएको तातोतातो रगत पिउने गरिएको र मेला कुनै प्रथा र परम्पराका रुपमा नभइकन म्याग्दीको सिख गाविसमा रहेको पाउद्धार मावि र राम्चे गाविसमा रहेको हिमाञ्चल उच्च माविमा सञ्चालन आर्थिक सङ्कलन गर्ने गरिएको रिट निवेदनमा उल्लेख छ ।
DSC00963
विसं २०५३ देखि प्रत्येक बर्सेनि चौँरीको रगत पिउने मेला लाग्ने गरेको र चौँरी गाईलाई चारैखुट्टा बाँधेर लडाई घाँटीमा प्वाल पारी उसको शरीरबाट २५÷३० गिलास रगत निकालेर पिउनेको भीड लाग्ने गरेको उल्लेख छ ।
बिकल्प न्युज डटकमबाट साभार
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment