म्याग्दीमा सुरू भयो बर्खे नाच

म्याग्दीमा बर्खेनाच सुरू भएको छ । नेवार समुदायको अगुवाईमा गरिने बर्खेनाचको पहिलो दिन घण्टाकर्णलाई कालिगण्डकीमा बगाइएको छ । नेपाल भाषाः मंकाखलको मुल आयोजनमा सुरु गरिएको बर्खेनाचको पहिलो दिन साउन चतुर्दशीका दिनमा मनाउने गरिन्छ । घण्टाकर्णबाटै नै बर्खेनाचको शुभारम्भ हुने ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
‘१४ औ शताब्दीदेखी नै मनाउँदै आइरहेको पाइन्छ । नेपालीको मुख्य बाली धान रोपाई सकिएपछिको पहिलो पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ’ उनले भने ।राक्षसको जस्तो आकृतिमा तीन खुट्टा भएको घण्टाकर्ण समाजमा दुख दिने पात्रको रुपमा राक्षसको संज्ञा दिदै बजार, टोल,सडकमा प्रर्दशन गरी
सुर्यास्त पछि कालिगण्डकीमा बगाइएको छ । तत्कालिन अवस्थामा प्राचिन मान्यता र मनोरञ्जनका रुपमा मनाउँदै आइएको यो पर्वलाई पुरानो संस्कृतिको संरक्षणका रुपमा समेत चिन्ने गरिन्छ ।
13912786_830966377040926_6283814747778024622_nफाइल तस्विर
जनशक्तीको अभावका कारण गतबर्ष रोपाई नाँच देखाइएको भएपनि सिकारी सहित केही पुराना नाच सञ्चालन हुन सकेका छैनन् । बर्खेनाचमा यूवापुस्तको सक्रियता समेत महत्वपुर्ण देखिन्छ । हरेक नाचमा यूवालाई सहभागिता गराउने उदेश्य रहेको आयोजकले जनाएको छ । बर्खेनाच लगत्तै चाडपर्वले छोप्ने भएकाले पनि नाचले बेनीमा रौकनता थप्ने गर्दछ । सदरमुकाम बेनीको पहिचान संग जोडिएको बर्खेनाचको नेतृत्व नेवार समुदायले गरेपनि अन्य समुदायका यूवाहरु समेत नाँचमा सहभागिता जनाउने गर्दछन् ।
13900171_1136331669744096_2335126376635426752_n
नाँचमा संकलन भएको रकमले सांस्कृतिक प्रचारप्रसार सहित सामाजिक क्षेत्रमा खर्च गर्ने गरिएको ल्यामपुचका नरेश श्रेष्ठले बेनीअनलाइनलाई बताए । उनले मौलिक कला र संस्कृती अमुल्य सम्पनी भएकाले जुनसुकै जातीको कला र संस्कृति भएपनी सवै नेपालीको सम्पती र पहिचान भएकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।बेनीबजारमा मानवबस्तीको विस्तारसंगै लाखेनाच, खोडेनाच, जोगीनाच, गोरुनाच, रोपाई नाच, नागानागी, भोटेनाच, सिकारी नाच लगाएतका नाच देखाउँदै आइरहेको छ ।हरिकृष्ण गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment