नयाँ प्रधानमन्त्री चयनको बाटो खुल्यो, बाधा अड्काउ फुकाउको सिफारिस

सरकारले नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा अपष्ट व्यस्था रहेको भन्दै बाधा अड्काउ फुकाउ का लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसदबाट अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
तत्काल संविधान संशोधनका लागि सम्भव नभएको भन्दै सरकारले बाधा अड्काउ फुकाउको बाटो लिएको हो । सिफारिसमा भनिएको छ,संघीय प्रतिनिधिसभाको सरकार नबन्दासम्म धारा २९८ अनुसार सरकार बनाउँदा प्रधानमन्त्रीको पद रिक्त भएमा प्रधानमन्त्री नियुक्त गर्न सकिनेछ ।’
एमाले र केही कानुन व्यवसायीले नयाँ संविधानमा अनुसार वर्तमान सरकार हट्न सक्ने तर, नयाँ प्रधानमन्त्री चयन गर्न नसक्ने बताएका थिए । तर, कांग्रेस, माओवादी नेताहरु र केही कानुनविदले भने संविधानको धारा २९८ अनुसार नयाँ सरकार बन्न सक्ने बताएका थिए ।
यो संवैधानिक विवादमा बहस भइरहेका बेला सरकारले बाधा अड्काउ फुकाउको आदेश जारी गर्न सिफारिस गरेको हो । अब राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी भएपछि नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुल्नेछ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment