सरकार गिराउने खेलः देशमाथिको दोस्रो गद्दारी

०६५ साल जेठ १५ गते तत्कालीन पुर्नस्थापित संसदमा एक गैरनिर्वाचित पात्र ‘कृष्ण’ले संघीयता, धर्मनिरपेक्षता आदि प्रस्ताव गरेका थिए र त्यो पारित भएको थियो । नेपालको इतिहासको एक्काइसौं शताव्दीमा देशद्रोहको त्यो पहिलो नमुना थियो ।
सौरभ
सौरभ
अहिले असार २८ गते माओवादी केन्द्रका महासचिव अर्का ‘कृष्ण’को अगुवाइमा ओली सरकार ढाल्ने उद्देश्यले अविश्वासको प्रस्ताव दर्ता भएको छ । र यो देशद्रोहको दोस्रो अध्याय हो । सरकार गृहनीतिमा फितलो देखिए पनि परराष्ट्र नीतिलाई सन्तुलनमा ल्याउन भरमग्दुर कोसिस गर्दै थियो ।
कृष्ण नाम भएका व्यक्तिहरुले लाज मान्नुपर्ने अवस्था आएको छ । यसै पनि अफ्रिकी मूलको यो नाम गैरनेपाली हो ।
‘कृष्ण’प्रसाद भट्टराई थिए नि राष्ट्रवादी भनेर पिएल सिंह र ओमकार श्रेष्ठहरु कहिल्यै थाक्ने छैनन् । तर जसले नाकावन्दी खुलाएर नेपाललाई भारतको हाटबजार बनाउन फेरि सुरु गर्‍यो, जसले ‘अनाक्रमण सन्धी’को सट्टा ‘शान्ती क्षेत्र’ भनिएको भए पनि त्यो प्रस्तावलाई तुहाइदियो, जो गिरिजाप्रसादको भष्मासुर नीतिविरुद्ध धर्मयुद्ध छेड्न सडकमा उत्रेन- त्यो कसरी देशप्रेमी हो ? बुझिनसक्नु छ ।
‘कृष्ण’ जस्ता ‘रेबिडली कम्युनल’ हरुकै कारण जातीय राज्यको अभिष्ट तुहिन पुगेको हो भनेर इमान्दार पहिचानवादीहरुले त राम्ररी बुझेकै होलान् पनि ।
हात छैन
वर्तमान अविश्वास प्रस्तावमा हाम्रो हात छैन- भारत सरकारले औपचारिक रुपमै भनेको छ आफू माथि आइलागेको आरोपपछि । एक हदसम्म उ सही नै छ ।
किनभने यो प्रस्ताव इसाइ धर्ममा दीक्षित (वाप्तीजम् भएको) कृष्णबहादुर महराको अगुवाइमा भएको छ, इसाइ पुष्पकमल दाहाललाई समेत समेटेर । जुन महराले १७ हजार मानिस यसैका लागि मरेका हैनन र ? भनेर संविधानमा धर्मसापेक्षतालाई रोकेका थिए ।
अमेरिकी विदेशमन्त्री जोन केरीलाई नेपाल जस्तो अमेरिकाले कहिल्यै महत्व नदिएको मुलुकमा यतिबेला नै आउनु परेको पनि छ, कसरी चिनिया राष्ट्रपति सि जिन पिङको आगामी भ्रमण विथोल्ने भनेर । जुन कार्यक्रमलाई भारतले अनेक प्रयत्न गर्दा पनि हल्लाउन सकेको थिएन र छैन
जसमाथि क्यान्टोनमेन्टका माओवादी छापामारलाई सरकारका तर्फबाट गएको तलब भत्ता भारि मात्रामा हिनामिना गरेको आरोप पनि छ,  अन्य सहयोगीहरुसहित । जो सबै अविश्वास प्रस्तावमा एकजुट भएबाटै बुझिन्छ प्रस्तावको कारण एउटा मात्रै छैन ।
र सबैलाई थाहै छ भारतभन्दा पश्चिम भयानक विरोधी छ चीनको । त्यसैले अमेरिकी विदेशमन्त्री जोन केरीलाई नेपाल जस्तो अमेरिकाले कहिल्यै महत्व नदिएको मुलुकमा यतिबेला नै आउनु परेको पनि छ, कसरी चिनिया राष्ट्रपति सि जिन पिङको आगामी भ्रमण विथोल्ने भनेर । जुन कार्यक्रमलाई भारतले अनेक प्रयत्न गर्दा पनि हल्लाउन सकेको थिएन र छैन ।
पक्कै हात छैन पनि
त्यसलाई विथोल्न बाह्र बुँदे सहमतिका स्वघोषित योजनाकार, बेइजिङमा वान वेल्ट वान रोड योजनामा नेपाललाई नपार्न चार घण्टा सम्मका विन्तीकर्ता, वर्तमान राजदूत रणजित रेलाई नेपालले फिर्ता पठाउन खोज्दा एक वर्षअघि नै त्यसविरुद्ध भिटो प्रयोगकर्ता, आफ्ना राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउन पनि खोजेको हो जसमा नेपालले पटक्कै रुचि देखाइदिएन । अनि नेपालमाथि नाकावन्दी लगायत अनेक दुःख दिएकोप्रति दार्जीलिङवासी नेपालीहरुको मनमा जमेको आक्रोश मत्थर पार्न भानु जयन्ती पारेर चौरस्तामा पठाएको पनि हो ।
त्यो दार्जिलिङ जहाँ सुभाष घिसिङ र विमल गुरुङलाई उल्लु बनाउँदै, बेवकुफ बनाउँदै तिनका प्रतिनिधी कहिले इन्द्रजित खुल्लर त कहिले जसवन्त सिंहलाई बनाइयो, तर त्यो पनि काम लागेन । यसर्थ अन्ततः पश्चिमले नै कृष्ण नामका व्यक्ति अघि सारेर सि जिन पिङको भावि भ्रमण विथोल्न कदम चाल्यो ।जसमा भारतको पूरै हात छैन पनि- चौथाइ हात नेपाली कांग्रेसको छाडेर । जुन कांग्रेस सभापतिका निकटतम सल्लाहकार दक्षिण कोरियाइ इसाइ अभियानको प्रमुख नेपाली संरक्षिका हुन् पनि ।
तर, एमाले स्वयम् पनि खुलेरै पश्चिमा हात छ भन्न चाहिँ सक्दैन । किनभने नेपालमा आइएनजिओहरुको सबैभन्दा ठूलो मतियार उहि हो । उसैका परजीवी सहकारी संस्थाहरुको राष्ट्रिय रणसञ्जालले गर्दा वर्तमान सरकारमा बढि सिट आएको पनि हो र सुक्ष्म रुपमा पश्चिमा एजेन्डालाई सघाउने पनि उही हो । अब यसको नेतृत्व माधव भारतको हातमा छ या झलनाथको या ओलीकै भन्ने कुरा चाहिँ अर्कै हो । ‘कृष्ण’ र ‘ओम’सँग गोप्यताले मिल्न गएका मानकोटका ‘प्रदिप्त’ प्रसादहरुलाई नै थाहा होला ।
(नेपाली हरुले कालो झण्डा नदेखाउलान् मुखर्जीलाई, त्यही दिन नेपाल वन्द पनि नगर्लान्, नारा नलगाउलान् । तर कुन मुखले, कुन अनुहारले नेपालमा खातिरदारी खान आउने हुन्, दार्जिलिङ्गेहरुले गोर्खाल्याण्ड मागेका हुनाले पनि देव मुखर्जी लगायत नेपालप्रति दुश्मनी राख्ने ‘भाइबङ्गे’हरु ? यद्यपि निर्लज्जता कसैको राष्ट्रिय चरित्र हुँदै आएको कुरा हामीले मात्र होइन विश्वले नै जानेको कुरा हो ।)
फेरि पनि हात छैन
सन् १९५९ मा तिब्बतको चीन विलयपछि तिब्बतमाथिको आफ्नो अधिकार कायरतापूर्वक छोड्न पुगेको भनी भारतले नेपाललाई उचालेको थियो- जुन अधिकार थापाथली सन्धिले दिलाएको थियो नेपाललाई ।
तर सदियौं सदियौंदेखि तिब्बतका काला भोटेहरुले चलाउँदै आएको हिंसा, अतिक्रमण, लुटपाटबाट आक्रान्त दक्षिणी ढालले योजना नै तर्जुमा गर्नु परेको थियो त्यहाँको हिंसात्मक धर्मधारलाई बुद्धिजम्मा फ्युजन गरेर वज्रयान जन्माउन । जसका अगुवा उसैका पद्य्मसम्भव हुन् ।
अर्थात अधिकारको कुरा धेरै परको भयो- चीनले सिमा नियन्त्रण मात्र नगर्ने हो भने आज पनि भारतको लद्दाख र अरुणाञ्चल काला भोटेहरुको हिंसा र अनाचारले नियन्त्रण बाहिर जाने छ नै । त्यहाँनेर पश्चिमको फ्रि टिबेट आन्दोलन सतहमा चीनलाई ठेगान लगाउनेसँगै त्यो भन्दा पनि बढि हिमालयको दक्षिणी ढालमा आतंकवाद छर्ने हो, आक्रान्त पार्ने हो ।
अनि त्यही लहैलहैमा पश्चिमा योजना नेपालमा सफल हुन खोज्दा त्यसलाई मलम ठानेर १९६२ को युद्धको चाहिइरहेको घाउमाथि लगाउने हो भोज खाँदै । यसै पनि चीन-रुसले निर्माण गर्न खोजेको अर्को ध्रुवबाट सोझै बाहिर पुगेको छ उ, वीस वर्षसम्म तत्कालिन सोभियत संघले निर्वाह गरेको मित्र भूमिकालाई बिर्सेर, भर्खरै अमेरिकी काखमा बस्न पुग्दा स्वस्थानी कथाको गोमासरह ।
राजनीतिक सन्यास लिन नजाने निर्लज्जहरु अझै नेता भइरहने मुलुक हो यो- यस्तै छ समकालीन राजनीतिको अनुहार
हात छैन
सत्र पल्ट प्रधानमन्त्रिय चुनावमा हारेर, पार्टी सभापतिमा हारेर, संसदीय दलको नेतामा हारेर पनि लमजुङमा राजनीतिक सन्यास लिन नजाने निर्लज्जहरु अझै नेता भइरहने मुलुक हो यो- यस्तै छ समकालीन राजनीतिको अनुहार ।
आफ्नो ‘नेपाल’ थर ‘भारत’मा न्वारन भइसक्दा पनि तीन उप-प्रधानमन्त्रीको पछि लागेर कोरला नाकासम्म पुग्नु परेको छ उसलाई ‘आँखों देखा हाल’ वि्रफिङ गर्न- यस्तै छ समकालीन राजनीतिको अनुहार । जो महरा अभियानमा भित्रबाट सामेल छ भन्ने जगजाहेर छ ।
वीरेन्द्रले छोडेको गोली वन्दुक निर्माताले तय गरेको अधिकतम दुरी पनि पार गरेर मृगलाई लाग्न गएको थियो । निर्माता कम्पनीकै निम्ती चमत्कार भएको थियो- भीमबहादुर पाँडेले नेटिभीलाई बताएका थिए ।
मनमोहन अधिकारीको दुर्घटना हुन पुगेको हलिकप्टर, कुनै बेला त्यसैका पाइलटले निर्माता कम्पनीले तय गरेको भन्दा पनि धेरै उचाइमा पुर्याएका थिए- यो पनि टेलिभिजनले प्रसार गरेको थियो ।
त्यसैगरी अरुले पालेका अनुहारहरु हदभन्दा बढी एक्सपोज भएर पनि पुनः पुनः प्रयोग हुन सक्ने खुबी जब यही मुलुकमा देखिन्छ- ती अनुहारहरुको निर्माता कम्पनी भारतलाई चकित लाग्दो हो ।
अवश्य हात छैन
किन पनि छैन भने, सधैं कम्युनिष्ट भाइचाराको वकालत गरेर उसको संस्थापनको हितमै काम गर्ने हरकिसन सिंह सुरजित, जसले मनमोहन अधिकारीलाई महाकाली सन्धी पास गराउन दुई-दुई पटक दवाव दिए, यो दृश्यमा छैनन् परमधाम भएकाले । बाह्रबुँदे सहमति नेपालकै संसदमै उपस्थित भएर लाद्ने सीताराम यचुरी पनि छैनन, सधैं साखुल्ले पल्टिएर संस्थापनको हितमा नेपालीलाई उल्लु बनाउने आनन्द स्वरुप वर्मा पनि छैनन्, र कतै निहार नाइकको उपदेश छैन । यसमा अहिले नेपाली दलाल र दासको हात जो छ भलै त्यो वासिङ्टन, ब्रसेल्स र ओस्लोले छोडिरहेको द्रौपदीको सारी किन नहोस् ?
तर तिनले यो हल्लिएछ भने अरु दुई सरकारलाई घुमाउरो पाराले समर्थन गर्नेछन्- शाक्य सरकार र क्वीजलिङ सरकार ।
शाक्य सरकार
वि.सं. ०१५ सालको चुनावमा एक किशोरलाई कम्मरमा समातेर जुरुक्क उचाल्दै के आइ सिंहले भीड समक्ष भनेका थिए- यी नानीलाई भोट दिए मलाई नै भोट दिए बराबर हुनेछ ।
त्यस चुनावमा पराजित ती पात्र तत्कालिन राष्ट्रिय पञ्चायतको, पंक्तिकारको गल्ती होइन भने, आर्थिक समितिको सभापति भए । त्यसपछि प्रेमबहादुर शाक्यले क वर्गका संस्थानहरुलाई समेत निर्देशन दिँदै हिँड्न थालेका समाचार सरकारी मुखपत्रमा छ्याप्छ्याप्ती हुन थाल्यो, डेस्कमा एक शाक्य नै भएकाले ।
यी समाचारहरुबाट आजित बहालवाला प्रधानमन्त्री सुर्यबहादुर थापाले एक दिन धाप दिँदै शाक्यलाई भने- अबको प्रधानमन्त्री हुने पालो तपाईंकै हो । नभन्दै शाक्य राष्ट्रिय पञ्चायतभरि सदस्यहरुलाई मन्त्रि पद बाँड्दै हिँड्न थाले । दाहालले महरालाई मन्त्रीहरु छान्न दिएको निर्देशन त्यही शाक्य सरकारको निर्माणका लागि हो ।
क्वीजलिङ सरकार
दोस्रो विश्व युद्धताका नर्वेमा हिटलरले खडा गरेको क्वीजलिङ सरकारको अर्को अवतारका रुपमा खिलराज रेग्मीको स्थापना भएछ भने पनि आश्चर्य हुने छैन ।
प्रधानन्यायाधिस छँदा छँदै शक्ति पृथकीकरणको अन्तराष्ट्रिय मान्यतालाई लत्याउँदै प्रधानमन्त्री हुन पुगेका रेग्मीको योग्यता यसपाली नर्वेको परोक्ष समर्थनमा स्थापना भएछ भने चिहानमा गढिसकेको क्वीजलिङलाई जस्तो खुशी अरु कसैलाई लाग्ने छैन- आखिर भगतसिंह कोसियारीलाई विन्तीपत्र हालेर आएको कुरा सार्वजनिक भइसकेकै छ । त्यतिवेला भारतीय कम्युनिष्टहरुले गुलियो मुखले खुशी जनाउने अर्को कुनै कारण पाउने छैनन् ।
onlinekhabar
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment