पशुको बिमा गर्नुहोस् ! पशुको मुल्य अनुसारको क्षतीपुर्ती पाउनुहोस्

म्याग्दी जिल्लाका पशुपालक किसान पशुको बिमामा प्रति आर्कषित भइरहेका छन् ।जिल्ला पशुसेवा कार्यालयले पशु विमाको महत्व र आवश्यकताका बारेमा पशुसेवा केन्द्रमार्फत किसानलाई जानकारी गराएपछि पछिल्ला दिनमा विमा प्रति किसानको आर्कषण बढेको हो ।
बिमा कार्यक्रमले पशु मर्दा आर्थिक रुपमा हुने क्षत्ती कम गर्न र ब्यवसायलाई निरन्तरता दिन सहज हुने भएकाले पनि बेनी नगरपालिका र ३५ गाविसका कृषकहरू विभिन्न कार्यक्रम तथा घरदैलो अभियानमा मार्फत समेत जानकारी गराइएको पशु प्राविधिक डिल्लीराम रेग्मीले बताए । ‘जानकारीको अभावमा धेरै अलमल परेको देखियो, हामीले हरेक तालिममा यसका बारेमा बुझाउने समय समेत ब्यवस्था गरेका छौ’ उनले भने । चालु आर्थिकबर्षबाट सुरु गरिएको विमा कार्यक्रम अन्र्तरगत हालसम्म १५० वटा बाख्रा, ११ खच्चड, १६ भैसीको विमा गरिएको छ ।
IMG_7652
कुल मुल्यको ५ प्रतिशत कृषकले तिनुपर्छ भने बाँकी ७५ प्रतिशत सरकारले तिर्ने भएपनि विमाको महत्व नबुझ्दा बर्षेनी लाखौं नोक्सानी ब्योर्हनुपरेको छ ।पछिल्लो समय पशुपालनका यूवाको आर्कषण देखिएपछि यूवाहरू विमा गर्न सक्रिय भएका छन् । एकलाख मुल्यको भैसीको विमा गर्दा किसानले १२ सय ५० रुपैयाँ तिर्नुपर्ने, विमाले बनाउन ब्यवसायको सुरक्षा लगाएतका सन्देश सहित सञ्चारमाध्यम सहित विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएपछि यूवा ब्यवसायीले विमा सुरु गरेका हुन् ।
यसबर्षदेखी विमा कम्पनी प्रभु ईन्सुरेन्स कम्पनीले बेनीमा शाखा स्थापना गरेपछि किसानलाई सहज भएको थियो । पशुसेवा कार्यालयमा प्रमुख डा. दयाराम चापागाईले आगामी आर्थिक बर्षमा विमाका बारेमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए । ‘कृषकको फाईदाका लागि विमा आवश्यकता छ । पशुचौपायामा क्षती हुने गरेपनि विमा नभएकै कारण ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्था छ’ उनले भने ।
बिमा गर्ने प्रक्रिया, क्षत्तीको दावी तथा भुक्तानी सम्बन्धि प्रक्रियाको बारेमा जानकारी नहुदाँ समेत धेरैले चासो नदेखाएको बताउँदै विमा कम्पनीको एजेन्डलाई समेत गाउँमै पुगेर जानकारी गराउन अनुरोध गरेको समेत कार्यालयले जनाएको छ । भेडा, बाख्रा, गाई, भैसी, घोडा, खच्चर, बंगुर लगायत पशु तथा कुखुरा, हाँस आदी पंक्षीहरुको बिमा गर्न सकिने ब्यवस्था रहेको छ । आगामी आर्थिकबर्षमा धेरैले विमा गर्ने प्रतिबद्धता जनाएको समेत कार्यालयले जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment