अमेरिकाको लस भेगसमा सम्पन्न भएको मिस एसिया नर्थ अमेरिकामा म्याग्दी चिमखोलाकी सुनिता पुनले दुईपटक थाली नाच प्रस्तुत गरिन् । थाली नाच सम्बन्धित गीतमा हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्यले प्रतियोगिता अवधिभर निकै चर्चा कमायो । म्याग्दी जिल्लाको पुरानो नाचको प्रस्तुतीले विभिन्न देशका सहभागिहरूले समेत नाचका बारेमा पुनसंग जिज्ञासा समेत राखेका थिए ।
प्रतियोगितामा उत्कृष्ट ६ बाट बाहिरिएकी पुनले जिल्लामो कला र संस्कृतिलाई विश्वबजारको प्रतियोगितामा प्रस्तुत गर्ने अवसरलाई सदुपयोग गरेको बताईन् । ‘यो नाचले मलाई धेरैले चिने, प्रतियोगितामा समेत सम्मानजनक उपस्थिती भयो’ पुनले भनिन् । सावधानीपुर्वक गरिने थानीनाच मौलीक, आकर्षक, कलात्मक तथा संयमित समेत हुने गरेकाले नेपाल बाहिर समेत यसको लोकप्रियता चुलिएको छ ।
जिल्लाबाट रोजगार, शिक्षा, ब्यापार तथा अन्य प्रयोजनले विदेशीएका म्याग्देली चेलीहरूले जिल्लामा सिकेको सीपलाई विश्वजारमा पु¥याउन महत्वपुर्ण भूमिका निर्वाह गरेपछि नाचको महत्वले विश्वबजारमा अवसर पाएको अग्रज कलाकार धनकुमारी थापाले बताईन् । ‘पहिलोपटक नाचेको देख्नेहरू दंग पर्छन्, पर्यटकलाई आर्कषित गर्न नाच पनि बनेको छ‘ थापाले भनिन् । तीनदशक अगाडी देखी नाच नाच्दै र सिकाउँदै आएकी थापाले थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने बताईन्। दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ ।

यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ । हातखुट्टा र शरिरको चाल मिल्नुपर्छ । थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । म्याग्देली महिलाको पहिचान तथा नयाँ पुस्ताले समेत सिक्ने गरेको नाँचका रुपमा समेत लिने गरिएको थाली नाचको प्रशिक्षण समेत दिने गरिन्छ । जिल्लामा मेला महोत्सव देखी जिल्लास्तरका ठुला कार्यक्रममा यो नाच अनिवार्य जस्तै छ ।

यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ । हातखुट्टा र शरिरको चाल मिल्नुपर्छ । थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । म्याग्देली महिलाको पहिचान तथा नयाँ पुस्ताले समेत सिक्ने गरेको नाँचका रुपमा समेत लिने गरिएको थाली नाचको प्रशिक्षण समेत दिने गरिन्छ । जिल्लामा मेला महोत्सव देखी जिल्लास्तरका ठुला कार्यक्रममा यो नाच अनिवार्य जस्तै छ ।
नौमति, पञ्जेबाजा लगाएत ग्रामिण क्षेत्रमा महिलाले गीत गाएर प्रस्तुत गर्ने गरिएको नाच पहिले निकै कठिन भएपनि नाच्दा, नाच्दै अहिले सजिलो भएको कलाकारको अनुभव छ । दशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन थियो ।अहिले स्टलको थाल नचाउने गरिन्छ । बेलायत, अमेरिका, दक्षिण कोरिया, स्पेन, नेदरल्याण्ड लगाएतमा रहेका म्याग्देलीले यो नाचलाई देखाउने गरेका छन् । मगर संघ यूकेले समेत यसलाई विश्वभर फैलाउने अभियानमा सघाइरहेको छ ।
जिल्लाको चिमखोलाबाट २०२४ बाट सुरु भएको नाच हो । महिला कलाकारले गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । २०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेका थाली नाच २०४४ सालमा काठमाडोमा भएको सार्क सम्मेलनमा पनि प्रस्तुत गरिएपछि यसको चर्चा सुरु भएको थियो ।पुरानो पुस्तामा लोकप्रिय रहेको यो नाचलाई संरक्षण गर्न राज्यले समेत आर्थिक सहयोग गरी विद्यालयस्तरबाटै प्रशिक्षणको ब्यवस्था मिलाउनुपर्नेमा म्याग्देलीको भनाई छ । जिल्लाको पर्यटकीय स्थलहरूमा घुम्न आएका विदेशी पर्यटकलाई यो नाचले आर्कषित गर्ने गरेको छ । हरिकृष्ण गौतम
0 comments :
Post a Comment