मारूनी नाचका हस्ती तुल बहादुर पुन

भकिम्ली–४ का तुल बहादुर पुन उमेरले ८१ बर्ष पुगे । गाविसस्तरमा हुने सामाजिक, सांस्कृतिक, विकास निर्माण सहित विभिन्न कार्यक्रममा उनको सहभागिता यूवाको भन्दा कमी देखिदैन् । जनश्रमदान देखी पुराना कला र संस्कृतिको संरक्षणमा जुटेका पुनको सक्रियताबाट गाउँले समेत दंग पर्छन् । उमेरले ८० बर्ष नाघेपनि आफुँले देखेको, गदैं आइरहेका कुनैपनि कामलाई रोकेका छैनन् । जसको एक उदाहरण मारूनी नाच पनि हो ।
IMG_9515
१२ बर्षको उमेरदेखी जिल्लाकै पुरानो र लोपउन्मुख मारूनी नाच सुरू गरेका उनले अहिले पनि गाउँमा यो नाचलाई निरन्तरता दिइरहेका छन् । बाल्य अवस्थामै मारुनी र मादलेको भूमिकामा भकिम्लीका सबैजसो वडा र आसपासका गाविस सहित जिल्लास्तरमा हुने कार्यक्रममा समेत सहभागिता जनाएका पुनले नाचलाई लोभ हुन नदिन यूवापुस्तालई समेत सक्रिय बनाउने अभियानलाई समेत प्रभावकारी रुपमा अगाडी बढाइरहेका छन् । मारूनीमा नाच्ने सहकर्मीहरूको संसारमा नरहेपनि आफुँले सिकेको सिपलाई यूवापुस्ता र समुदायमा हस्तान्तरण गर्ने प्रयास गरिरहेको पुनले बताए ।
‘अहिलेका यूवाहरूलाई विदेशी गीतसंगितले छोपेको छ । हामी नाच्दा समेत धेरै यूवाहरू हाँसेको देखेको छु’ पुनले भने । उनले दशबर्ष अगाडीसम्म मारूनी नाच देखाउने भनेपछि मेलापर्व र कार्यक्रममा घरको काम समेत छोडेर आउने गरेको र अहिले नाच देखेर बेवास्था गरेको देख्दा दुख लागेको समेत बताए । भकिम्लीमा मारूनी नाचका भित्राउने स्वर्गिय पहलमान आले, चन्द्र बहादुर पुन, मुक्ते पुन, कविराम रोका र गोविराम विक साथमा नरहेपनि उनीहरूको सम्झनामा यो नृत्यलाई गाउँमा जोगाउने अभियान अन्र्तरत छोरा प्रेम पुन सहित लोक बहादुर रोका, गोविन्द पुन सहित सिक्न इच्चा राख्नेलाई सिकाइरहेको बताए ।
IMG_9454
पुरानो पुस्ताको सिप नयाँ पुस्तामा हस्तान्तरण नहुदाँ इतिहाँसिक महत्व बोकेका कला र संस्कृति लोभ हुदै गएको बताउँदै मारूनी नाचका संरक्षक पुनले यसलाई संरक्षण गर्न सबैको सहयोग आवश्यकता रहेको बताए । उनले जिल्ला मारुनी, थाली, सोरथी, यानीमायाँ जस्ता पुराना नाचका कारण नेपालमा कला र संस्कृतिमा धनी जिल्लाको रुपमा चिनिने गरेको अवस्थामा विद्यालयस्तरबाटै यस्ता नाचमा विद्यार्थीलाई अभ्यास गराउनुपर्नेमा समेत जोड दिए ।
IMG_9505
‘मेरा साथीहरूले सीप छोड्न पाएनन् । मैले अन्तिम सास रहन्जेल सम्म सीपलाई सिकाउने प्रयास गर्नेछु’ उनले भने । दुईजना मादले र दुई मारुनी भएर नाच्ने गरिएको मारूनी नाचका लागि वडास्तरबाटै प्रशिक्षणको आवश्यकता रहेको र त्यसमा आवश्यक सहयोग गर्न तयार समेत समेत उनको भनाई छ । मारूनी नाच्ने बेलामा काम्ने र नाच सकिएपछि छोड्न गर्दछ । गाउँघरमा रहेका देउताको सम्मान सहित पृत्रीहरूको उद्धारका रुपमा समेत यो नाचलाई लिने गरिन्छ । पुरुष महिलाको भेषमा मारूनी बन्ने र महिलाले समेत गाउँले गीतलाई भाकामा गाउँने गर्दछन् । हरिकृष्ण गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment