म्याग्दीमा २० प्रतिशत मात्रै धान रोपाईं

पहाडी जिल्ला म्याग्दीमा असारको दोस्रो सातासम्म २० प्रतिशत धान रोपाई सकिएको छ । ‘मानो खाएर मुरी उब्जाउने बेला’ समयका रुपमा लिइने असार महिनामा समेत प्रयाप्त बर्षा नभएपछि खोतीयोग्य जमिन समेत रोपाई नभएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । ‘एकहप्ता यता कृषकदे केही राहत महसुस गरेका छन् ।
IMG_1247
तेस्रो सातादेखी धमाधम रोपाई हुन अपेक्षा गरिएको छ’ जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक श्याम क्षत्रीले बेनीअनलाइनलाई भने । अघिल्लोबर्ष जस्तो समस्या नभएपनि यसबर्ष अपेक्षा गरेअनुसारको बर्षा नभएको कार्यालयले जनाएको छ । केहीदिन यता भइरहेको बर्षाले खोलानालामा मुल फुट्न थालेपछि किसानलाई राहत मिलेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । त्यसमध्ये धानखेतीका लागि ३ हजार ८ सय ९५ हेक्टर जमिन मात्रै खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
IMG_1244
जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, भगवती, पिप्लेलगायतका गाविसहरु धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा गौरिया, गुडुरो, मार्सी, दर्माली, कालो, जेठोबुढो, ताकमारे, लुम्ले–२, छोम्रोङ–३ र खुमल–४ जातलगायतका धानखेती हुँदै आएको छ । बैशाख जेठमा बर्षा नभएपछि किसानले भ्यागुताको विवाह, भजनकृतन लगाएतका धार्मिक कार्य समेत गरेका थिए । यसैविच जिल्ला कृषि विकास कार्यालय म्याग्दीले बेनी नगरपालिकाको पुलामा राष्ट्रिय धान दिवस मनाएको छ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment