म्याग्दीको खेलकुद विकासको सुरुवात आफैबाट गरौं

तेजेन्द्र बानियाँ क्षत्री
म्याग्दी जिल्लाका खेलप्रेमी मित्रहरु ,खेलाडी तथा खेलसङ जानाकार रहनुभएका साथीहरु मा सानो अपिल र अनुरोध गर्दै छोटो अनुभव र खेलप्रेमी भएको नाताले केहि कुरा राखना चाहान्छु। यो देश को कुरा गर्नुपर्दा राजनीतिक क्षेत्र ,पर्यटन क्षेत्र ,धार्मिक क्षेत्र , सामाजिक क्षेत्र ,आर्थिक क्षेत्र ,स्वास्थ तथा शिक्षा क्षेत्र र खेलकुद क्षेत्र को विकास तथा व्यवस्थापन जब सम्म हुदैन तबसम्म यो देश यो जिल्ला यो ठाउँ सम्बृद्दी र असल समाज बन्न सक्दैनन् भन्ने कुरा निश्चित छ ।
यो देश नेपाल ले अरु बाहिरी मुलुकहरू संग प्रतिस्पर्धा गर्न बढी संभावना भएको आसा लाग्दो क्षेत्र भनेकै खेलकुद क्षेत्र हो ।यसै बिचमा एउटा उदाहरण दिन चाहान्छु द्दण्ज्ञट भारत मा सम्पन्न ज्ञद्द औ दक्षिण एशियाली साग खेलकुद प्रतियोगिता अन्तरगत फुटबल विधा मा बाहिरि मुलुक लाई पछि पार्दै नेपाल पहिलो हुन सफल भयोको थियो त्यो समयमा भारत ले नाका बन्द गरेको दुस्खद परिस्थिति थियो । यस्लाइ नै आधार मान्ना सकिन्छ खेलक्षेत्र बाट विदेशी मूलक हरु सङ प्रतिस्पर्धा गरि आफ्नो देश को शिर उच्च राखन सकिन्छ र संभावना पनि छ भनेर। अझै भन्नु पर्दा खेलकुद क्षेत्र बढी संभावना र पर्यटन क्षेत्र का लागि पनि महत्त्वपूर्ण योगदान छ ।
13413062_823563607778959_4783811410312432435_nखेल हेर्नको लागी दस बीस लाख दर्शक भित्राउने तागत पनि यहीँ क्षेत्रमा छ। म्याग्दी जिल्लाका पाँच जना खेलाडीले समेत रजत र कास्यपदक नेपाल लाई दिलाउन सफल भय।तेसैले यो म्याग्दी जिल्ला खेलाडी को उर्वर भुमि हो भनेर सजिलै चिन्न र बुझ्न सक्छौ ।म्याग्दी जिल्लामा खेलक्षेत्रका चुनौती,समस्याहरु र संभावना हरुलाइ समग्र रुपमा राखना चाहान्छु ।बिकास तथा परिवर्तन गर्ने आधार पनि प्रसस्त छन अनि यो क्षेत्रको संभावना पनि छ ।म्याग्दी जिल्ला भित्र को कुरा गर्नु पर्दा अब हामी सुधार गरेर अगाडी बढनुपर्ने धेरै कुराहरु छन।तरपनी जे जति सकिन्छ तेतिनै गरौ भन्ने धारण र आसा छ ।
अब म्याग्दी जिल्ला को खेलको विकास गर्ने हो र खेलाडी उत्पादन गर्ने हो अनि जिल्लाको नाम उच्च बनाउने हो भने भलिबल,फुटबल, एथलेटिक्स, मार्सलआर्त, बास्केटबल ,ब्याटमिन्टन आदि खेलहरुको विकासको लागि हामी विदयालय तथा गाउँस्तर बाटै नै खेल सम्बन्धि ज्ञान ,सीप ,नियम र खेल सम्बन्धित पुण‌ रुपमा चेतना फैलाउने सकेसम्म प्रशिक्षक बाट र खेलसङ्ग जोडीएर आएका गलत कुराहरु र बिकीर्ती अनैतिक कुराहरु हटाउदै अगाडि बढनुपर्ने छ भने अर्को कुरा यो समाजले यस खेलक्षेत्र लाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन गम्भीर ध्यान दिन आवश्यक छ।यो कार्यको अभियान तथा सुरुवात र कार्यन्वयन गर्न सबैभन्दा पहिला अब हामी जो जो जहा छौ जे जे गर्न सक्छौ तेहि स्थान बाट आफुले सक्ने कुराको सहयोग र सुरुवात स्वयम् हामीले नै गरेपछी मात्र खेल विकास गर्ने र परिवर्तन गर्न सँम्भब छ भन्ने पक्का छ ।
13349053_820629631405690_782149967_nअनि यो जिल्लामा अरु खेल भन्दा अलि बढी भलिबल प्रतियोगिता गाउँ गाउँ का क्लब हरुले आयोजना गर्ने गर्द्छ । यो जिल्ला मा अहिलेको कुरा गर्ने हो भने भलिबल खेलमा फिङरिङ्ग र डिगिङग् जिरो छ यो सुधार गर्न सकियो भने म्याग्दी भलिबल क्षत्रीय स्तरमा तथा राष्ट्रिय स्तरमा अबल बन्न सक्ने निश्चित छ। गाउँ गाउमा मेलाको नाममा खेलको मर्यादा भन्दा बाहिर रहेर खेल सन्चाल गर्ने ।आधिकारिक रेफ्री बाट खेल सन्चाल नगर्ने परिस्थितिले गर्दा क्षत्रीय खेल मा सहभागी हुदा बढी फल भएको कारण अगाडि बढना कठिनाई भएको अवस्था र परिस्थिति छ।अन्य बिधा का खेल हरु को पनि आयोजना हुन आवश्यक छ ।यो पनि सुधार गर्न अवोसेक देखिन्छ ।
हामी अब अरुको आसा भरोसा गरेर सरकार को आसा गरेर अरुले गर्देला भनेर आसा गर्नु बेकार छ मेरो बुजाइ मा अनि आजै देखि हामी आफू बाट सुरुवात गरौं र राम्रो खेलाडी क्षेत्रीय राष्ट्रिय सिनियर खेलाडी हरुले पनि आफू मात्र खेलाडी बन्नु मात्र ठुलो कुरा होइन अरु नयाँ खेलाडी उत्पादन मा पनि ध्यान दिन सके राम्रो हुनेछ। नेपाल सरकार ले पनि ध्यान दिन सके असल खेलाडी असल खेलक्षेत्र असल जनशक्ति र देशको शिर माथी एक दिन अबस्य हुनेछ ।जुनसुकै संघसस्था क्लबले पुरुस्कार धेरै राखनु भन्दा व्यवस्थापनमा बढी ध्यान दिनेहो भने प्रभावकारी हुन्छ ।अनि खेलकुद कार्यक्रमको आयोजन गर्दा नेपाल प्रहरी सङ्ग अनिवार्य सहकार्य सम्न्वय गर्न आवस्यकता छ जस्ले गर्दा झै झगडा र घटना कम हुन्छ र गलत कुरा लाई रोक्न मद्दत गर्छ साथै खेलाडी लाई सुरक्षाको अनुभूति हुनसक्छ ।धन्यवाद । जिल्ला खेलकुद विकास समिति म्याग्दी। खेल प्रशिक्षक
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment