गुनासो छ

Nira Bhagat's profile photo
ज्युदो छौन्जेल तिरस्कार गर्नेहरु शीत गुनासो छ ।
मरेको लास माथी आँसु छर्नेहरु शीत गुनासो छ ।

मुखमा राम राम बगलीमा छुरा भिरेर ।
बन्दुकमा गोली गठठा भर्नेहरु शीत गुनासो छ ।

मोज मस्तिबाट बन्चित हुनु पर्यो भन्दै ।
कुम्लो बोकी सहर झर्नेहरु सित गुनासो छ ।

कुनै दिन लैला मजुन बन्ने आसा देखाएर ।
एक्कासी सुटुक्क कतै सर्नेहरुसित गुनासो छ ।
निरा भगत
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment