जहाँ समस्या त्यही पुग्छ अनेरास्ववियू (फोटो कथा)

म्याग्दीको कुहुँ गाविस–१ पुर्णगाउँमा रहेको जनआवाज प्रावि गतबर्षको भुकम्पबाट धेरै क्षती पुगेको विद्यालयमा पर्छ । आर्थिक अवस्था कमजोर रहेको विद्यालयलाई भूकम्पबाट समेत भएका सबै भवनमा असर गरेपछि ब्यक्तिगत, संस्थागत तथा विभिन्न माध्यमबाट सहयोग जुटाएर भवन निर्माणमा विद्यालयले अग्रसरता देखाइरहेको छ ।
13524036_1740133649577139_1255192205_o
भूकम्पले विद्यालयको भवन चर्किएपछि जोखिमपुर्ण तरिकाले अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको पहलमा आर्थिक संकलनका साथै नेपाली सेनाबाट श्रमदानबाट एउटा नयाँ भवन निर्माण गरिएपनि त्यसले प्रयाप्त नभएपछि चर्किएको भवन समेत विस्थापित गर्ने सोचमा रहेको विद्यालयलाई अनेरास्ववियू म्याग्दीले श्रमदान गरेर विद्यालयको समस्यालाई समाधान गर्ने प्रयास गरेको छ ।
13548802_1740133702910467_1808050366_o
अनेरास्ववियूका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा २१ जनाको टोलीले विद्यालयको पुरानो भवन भत्काउन जोखिम मोलेर जनश्रमदान गरेको विद्यालयका प्रधानध्यापक सुनबहादुर विश्वकर्माले बताए ।‘विद्यार्थीले विना जानकारी आएर धमाधम काम गरेपछि उत्साहित भएका छौ ।सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ उनले भने ।विद्यार्थीले भवन विस्थापितका साथै त्यहाँ रहेका साम्रागीलाई सुरक्षित ठाउँमा पु¥याउने काम गरेका थिए । दुईदिनसम्म लगातार श्रमदान गरेका विद्यार्थीले विद्यालयमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।‘जहाँ समस्या भएको देख्छौ, त्यही पुगेर काम गछौ’ अध्यक्ष पौडेलले भने ।
13555492_1740133629577141_1055837670_o
उनले विद्यालयको भवन भत्काउन समस्या भइरहेको जानकारी पाएलगत्तै पैदलयात्रा मार्फत विद्यालयसम्म पुगेको बताए ।उनका अनुसार पुलाचौरबाट कुहुँ जोड्ने सडकखण्ड मर्मतसम्भार गदै पुर्णगाउँ पुगेर विद्यालयको भवन पन्छाउने काम गरेको बताए । भूकम्पबाट असर गरेका विद्यालयमा जनश्रमदान गरेर चर्चा कमाएको अनेरास्ववियूका अध्यक्ष पौडेलले यसअगाडी मुदीमा पुगेर जनविकास प्राविमा खानेपानीको धारा बनाएर आएका विद्यार्थीले विद्यालयसंग जोडिएका धेरै काममा आफ्नो सक्रियता देखाएका छन् । श्रमदानको क्रममा विद्यालयबाट केही टाढाबाट ६ ट्याक्टर ढुंगा ५ ट्याक्टर बालुवालाई विद्यालयसम्म पु¥याएका थिए । ‘विद्यार्थीले अनुभवी कामदार जस्तै काम गरेर देखाइदिए ।यो सहयोगलाई सधै सम्झन्छौ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रन बहादुर अर्मजाले भने ।
13517750_1740134662910371_1864191368_o
उनले विद्यार्थीका लागि विद्यार्थीले गरेको कामबाट उत्साहित भएको बताउँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रमको प्रमुख आथित्यता एमाले कुहुँ गाउँ कमिटी सचिव एकजित रोका, भवन निर्माण समितिका संयोजक जितमान गौचन, अनेरास्ववियू म्याग्दीका अध्यक्ष प्रकाश पौडलले मन्तब्य राखेका थिए । विद्यालयमा पुर्व प्राथमिक कक्षामा २१ र प्रावि तहमा ७७ जना विद्यार्थी अध्ययरत छन । विद्यालयलाई सहयोग गर्न आएका विद्यार्थीलाई गाउँलेले भब्य विदाई समेत गरेका थिए ।
13516622_1006891966095547_1503288233812556328_n
13523847_1740133622910475_234993295_o
13523963_1740133652910472_2053330776_o
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment