म्याग्दीको खेलकुद क्षेत्रमा बजेट बढ्यो

अघिल्ला बर्षको तुलनामा यसबर्ष म्याग्दीको खेलकुद क्षेत्रमा बजेट बढेको छ । २०७३र७४ का लागि सार्वजनिक गरीएको रातो किताब मा खेलकुद क्षेत्रमा विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ । अघिल्ला बर्षहरूमा न्युन बजेटमा खेलकुद गतिविधिहरु सञ्चालन गर्ने गरिएको अवस्थामा यसपटक केही राहत मिलेपनि पुर्णरुपमा सन्तुष्ट नरहेको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माले बताए । ‘अझैपनि बजेटको माग गरिएको छ । केही बजेटको शिर्षक अझै सार्वजनिक हुने चरणमा छन्’ उनले भने । जिल्लाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु रहेकाले यूवाहरुलाई प्रोत्साहन गर्न करिव २ करोड बजेटको आवश्यकता रहेको उनले बताए ।
13432425_10201910287714731_7817622730486597616_n
यसपटक यूवा दिवस तथा महोत्सव, युवा प्रतिभा पहिचान, जिल्लास्तरीय यूवा प्रतिभा तथा यूवा उद्यमी खोजी, ग्रामिण युवा उद्यम कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट हुने विद्यालयलाई नगद प्रोत्साहन, खेल साम्रागी ब्यवस्थापन, खेलकुद गतिविधि सञ्चालन, बेनीबजारस्थित खुल्लामञ्च ब्यवस्थापन, कवर्ड हल मर्मत, बगुवाखोला चुत्रेनी खेलमैदान निर्माण, राखु पिप्ले खेलमैदान निर्माण, हाडेँभिर खेलमैदान निर्माण, मुनाको फलिया गाउँ खेलमैदान निर्माण लगाएतका कार्यक्रम समावेश गरिएको छ । जिल्लामा प्राप्त बजेटलाई पशुविकास राज्यमज्त्री नरदेवी पुनको स्वकिय सचिव सुरत केसी र निजी सचिव चन्द्रमणी सापकोटाले डकुमेन्टेसन गरिरहेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment