हिमालयन बैंकलाई एक करोड जरिवाना


himalayan-bank-logo-color-624x134नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको हो ।
राष्ट्र बैंकले पहिलो त्रैमासिकमा ५६ लाख ८१ हजार ८३५ रुपैयाँ र दोस्रो त्रैमासिकमा ५८ लाख ४४ हजार ५२७ रुपैयाँ जरिवाना तिराएको छ । विपन्न वर्ग कर्जा नपुगेको भन्दै ठूलो रकम जरिवाना गरिएको यो पहिलो हो ।राष्ट्र बैंकको एकिकृत निर्देशन २०७२ अनुसार बैंकहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्छ । आजको कारोबारमा समाचार छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment