ललिता दोश्रो

म्याग्दीकी ललिता शेरपुञ्जा ले मिस एसएलसी पोखरा–२०१६ मा फस्ट रनरको उपाधी हात पारेकी छन् । फाइन चरणमा प्रवेश गरेकी छिन् । जिल्लाको बेग स्थायी घरभई हाल म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा बस्ने शेरपुञ्जाले विभिन्न चरणमा आफ्नो उत्कृष्ट प्रस्तुती देखाउँदै फाइनल राउण्डमा प्रवेश गरेकी थिइन् । प्रतियोगिताको पहिलो चरणदेखी नै उत्कृष्ट मानिएकी शेरपुञ्जाले थप दुईवटा उपाधी समेत हात पारेकी छन् । शेरपुञ्जा Miss talent र Miss popularity समेत घोषित भएको न्यू वेष्ट प्वाइन्ट आवासीउ उच्च मावि का प्राचार्य गंगा खतिवडाले बेनीअनलाइनलाई बताए ।
13315549_1201822069852056_1631962562251131162_n-1-1
‘म्याग्दीकी चेलीले पश्चिमाञ्चलस्तरीय प्रतियोगितामा दोस्रो सहित तीनवटा सम्मान जितेकी छन् । यसले विद्यालयको प्रतिष्ठालाई समेत उच्च बनाएको छ’ उनले भने । प्रतियोगिता फेसन सो मात्रै नभई आफ्नो क्षमता प्रर्दशन गर्ने एउटा माध्यम भएको बताउँदै विद्यालयबाट उत्पादन भएका विद्यार्थीको सम्मानले थप उत्साह थपिने गरेको बताए । न्यू वेष्ट प्वाइन्ट आवासीउ उच्च माविबाट एसएलसी दिएकी शेरपुञ्जालाई भोट दिएर विजय बनाउन अभियान नै चलेको थियो । प्रतियोगिताका ेबेनीअनलाइनले सुरुवात देखीनै प्राथमिकताका साथ समाचार प्रकाशित गरिरहेको थियो ।
ईभेण्ट्स फर यू ले आयोजना गरेको प्रतियोगितामा दश जोड दुईक कक्षाहरूमा छात्रबृत्ति स्वरुप निशुल्क अध्ययन गर्ने अवसर समेत प्राप्त गरेका छन् । प्रतियोगिताले विद्यार्थीको सक्षतालाई प्रस्तुत गर्ने अवसर समेत मिल्ने आयोजकले जनाएको छ । हरेकबर्ष आयोजना हुने प्रतियोगितामा विभिन्न कलात्मक गतिविधिका साथै विद्यार्थीको क्षमता अभिबृद्धिसंगै विभिन्न गतिविधिहरु समेत सिकाउने गरिन्छ । यस्ता प्रतियोगिताले विद्यार्थी आत्मनिर्भर, सक्षमका साथै विभिन्न गतिविधिमा समेत सहभागि हुन सहज बनाउँछ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment