को कुन् देशका राजदूत हुने भए ? (सूचीसहित)

२०७३ बैशाख ७ मंगलवार


फोटो :चीनका लागि राजदूत बन्न लागेका पूर्व परराष्ट्रमन्त्री पाण्डे । फाइल फोटो
काठमाडौंः सरकारले विभिन्न २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । मंगलाबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशहरुमा राजदूतहरु सिफारिसको निर्णय गरेको हो । 
 
बैठकले चीन, जापान, ब्राजिल, अस्ट्रेलियासहित २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।  
 
सरकारको सिफारिसमा राजदूत बन्नेहरुमा तीन पूर्व मन्त्री पनि रहेका छन् । राजदूत हुनेहरुमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे,  पूर्वमन्त्रीद्वय युवराज कार्की र निरञ्जन थापा रहेका छन् । 
 
पाण्डे चीनका लागि नेपाली राजदूत बन्ने भएका छन् भने कार्की दक्षिण कोरिया र थापा रसियाका लागि नेपाली राजदूत बन्ने भएका छन् । 
 
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गोपाल खनालका अनुसार मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेकामा परराष्ट्र सेवाबाट पनि सातजना परेका छन् । 
 
परराष्ट सेवाबाट राजदूदका लागि सिफारिसमा भएकामा ताराप्रसाद पोखरेल, रमेश खनाल, झविन्द्र अर्याल, सेवा अधिकारी, लोकबहादुर थापा र दुर्गाबहादुर सुवेदी रहेका छन् । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment