नरेन्द्र मोदी बेनी आउने

म्याग्दी, ८ चैत्र । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा पछिल्लो समयमा निकै हुने गरेको छ । मोदी नेपालका विभिन्न कार्यक्रमहरुमा सहभागि हुँदै आएका छन् । उनी जहाँ जान्छन् त्यहाँ निकै चर्चा र प्रशंसा हुन्छन् । तिनै मोदी विहिबार बेनीमा पनि आउने भएका छन् ।

manoj
म्याग्दीका जनताहरुलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रुचि चलचित्र मन्दिर हलमा साँझ ५ बजेदेखि मोदीको सम्बोधन सुरु हुने आयोजकले जनाएको छ । तर विहिबार साँझ बेनीमा वास्तविक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नभएर नेपालमा नक्कली मोदीको रुपमा चर्चा कमाएका हास्य कलाकार मनोज गजुरेल आउनेछन् । नेपालमा पछिल्लो समयमा नरेन्द्र मोदीको नक्कली रुपमा चर्चा कमाएका मनोज गजुरेलको टोली म्याग्दीका दर्शकलाई हसाउँनेछन् । म्याग्दी जेसिजको आयोजना र डाईमन व्लुको प्रायोजनमा हास्यव्यङ्ग्य यात्रा २०७३ अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हास्य व्यङ्ग्यको क्षेत्रमा फरक पहिचान बनाएका गजुरेलसँगै अन्य विभिन्न हास्य कलाकार, कलाकार र मोडल आउने कार्यक्रम रहेको म्याग्दी जेसीजले बताएको छ ।
manojjj (2)
    रुचि चलचित्र मन्दीर हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको म्याग्दी जेसीजका अध्यक्ष भिमसेन बराईलीले बताए । म्याग्दी जेसीजको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नारायण बरालले जानकारी दिएका छन् । बजारमा टिकट विक्रि वितरण, प्रचार प्रसार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको संयोजक बरालले बताए । गजुरेलसँगै गायिका मिलन अमात्य, मोडल जानकी बोहोरा मोडल, हास्य कलाकार सुरेन्द्र केसी “मुलाको साग”, महादेव त्रिपाठी “जादुगर”, जोगिन्दर लगायत आउने कार्यक्रम छ । युवाको नेतृत्व र व्यक्ति विकासका लागि टेवा पु¥याउँदै आएको जेसीजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
manojjj (1)
- See more at: http://myagdionline.com/post/3761/1461167169#sthash.NMRLZ1ro.dpuf
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment