बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम

ronaldo
क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले इएल क्लासिको भिडन्तमा जित हात पारेको छ र स्पेनिस ला लिगाको लिडर बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ५६ औं मिनेटमा जेरार्ड पीकेको गोलबाट अग्रता लिएको थियो ।
तर, ६२ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा रामोसले रातो कार्ड पाए र रियल मड्रिड १० खेलाडीमा सिमित भयो ।
तर, त्यसको दुई मिनेट लगतै रोनाल्डोले गोल गरे ।
जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७० अंक छ । हारका बाबजुत बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment