टाउकोमा बलले लाग्यो, श्रीलंकन क्रिकेटर कौशल घाइते

श्रीलंकन ब्याट्सम्यान कौशल सिल्भालाई टाउकोमा क्रिकेट बलले लागेको छ । उनलाई कोलम्बोको एक अस्पताल भर्ना गरिएको छ ।
पल्लेकलामा अभ्यास म्याचका क्रममा उनको टोउकोमा बलले लागेको थियो ।
उनले सर्ट लेगमा फिल्डिङ गरिरहेका थिए । दिनेश चण्डिमालको स्कुप सटमा उनको टाउकोमा बलले लागेको हो । यद्यपि उनले हेलमेट लगाएका थिए ।
सुरुमा उनलाई स्थानीय अस्पताल लगिएको थियो । अस्पतालले कोलम्बो रेफर गरेपछि त्यहाँ लगिएको छ ।
kusal silva2सिटी स्क्यानपछि चिकित्सकहरुको उनी खतरामुक्त रहेको बताएका छन् । तर, उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।
अष्ट्रेलियाका २५ वर्षे क्रिकेटर फिलिप हृयूजको २७ नोभेम्बर २०१४ मा टोउकामा क्रिकेट बलले लागेको थियो । त्यसको केही दिनपछि उनको निधन भयो । यो घटनापछि क्रिकेटरहरुका लागि विशेष डिजाइनको हेलमेट तयार गरिएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment