25 वर्ष भयो म्याग्दी क्याम्पस

IMG_8126म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा इतिहास बोककेको म्याग्दी बहुमुखी क्याम्पसले २५ औं वर्ष प्रवेशका अवसरमा आइतबार भब्य समारोहको आयोजना गरिएको छ । रजत जयन्तीको क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष ललित बहादुर खड्काले उद्घाटन गरेका थिए । बेनीबजार परिक्रममा गरी क्याम्पस प्राङ्गनमा आयोजित कार्यक्रममा जिल्लाको शैक्षिक क्षेत्रको नेतृत्वदाही भूमिका निर्वाह गरिरहेको क्याम्पसलाई थप स्तरउन्नती गरी अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।
IMG_8135
रजत जयन्तीमा विशिष्ठ अतिथि सांसद नवराज शर्मा, समाजसेवी रमेश पराजुली, संस्थापक सदस्य गोपाल नारायण भट्चन सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसंस्था लगाएत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व भएको थियो। रजत जयन्तीको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलहरुमा विजयलाई समेत सम्मान गरिएको थियो।
IMG_8140
जिल्लामा उच्च शिक्षााका लागि गन्तब्य बनेको क्याम्पसको रजत जयन्ती बर्षको अवसरमा बर्षभरी विभिन्न कार्यक्रमहरू गरिने क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । स्थापनाकालमा खुल्लामञ्चबाट उच्च शिक्षा आरम्भ गरेको क्याम्पसको अहिले सुविधासम्पन्न भवन सहितका पुर्वाधार छन् । जिल्लामा उच्च शिक्षामा प्रमुख गन्तब्य तथा गुणस्तरीय शिक्षामा धौलागिरि अञ्चलमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । तत्कालीन प्रकाश माविको खुल्ला मञ्चस्थित भवनबाट उच्च शिक्षा इिदन शुरु गरेको म्याग्दी क्याम्पसले हाल फूलबारीस्थित आफ्नै सुविधासम्पन्न भवनहरुबाट व्यवस्थापन, शिक्षशास्त्र तथा मानवीकि विषयमा स्नातक तहको अध्यापन गर्दै आएको छ ।
IMG_8152
स्थापनाको २५ औं वर्षसम्म आइपुग्दा क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक विकासमा उल्लेख्य फड्को मारेको छ । तत्कालीन समयमा उच्च शिक्षाका लागि कम्तीमा छिमेकी जिल्ला बाग्लुङसम्म पुग्नुपर्ने बाध्यताका बीच अग्रज समाजसेवी तथा शिक्षासेवीहरुको पहलमा प्रमाणपत्र तहको अध्यापन गर्नेगरी क्याम्पस सञ्चालन गरिएको थियो । यसैविच क्याम्पसमा स्नातकोत्तरसम्मका कक्षा सञ्चालनको वातारवरण बनाउन र अनुमतिका लागि पहल गर्न पुर्व विद्याथीहरुले अनुरोध गरेका छन् ।
IMG_8154
कार्यक्रममा प्राध्यापक संघका प्रतिनिधि भोलानाथ घिमिरे, पुर्व सञ्चालक समिति सदस्य डा. भुपेन्द्र बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, एमाओवादी अध्यक्ष चन्द्र बहादुर घिमिरे, नेकपा एमालेका उपाध्यक्ष देबेन्द्र केसी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य माधक प्रसाद रेग्मी लगाएतले बोलेका थिए । स्वागत बालकृष्ण सुबेदी, अध्यक्ष हरिकुमार श्रेष्ठ, सञ्चालन सहायक क्याम्पस प्रमुख रेखा कौशल रेग्मी, सञ्चालक समिति सदस्य दिपक विर्खचीले गरेका थिए । सोही अवसरमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment