मापडण्ड विपरित होस्टेलहरुलाई नियमन गर्न माग गर्दै विद्यार्थी संगठनद्धारा प्रजिअलाई ज्ञापन पत्र

म्याग्दीमा मापडण्ड विपरित सञ्चालित होस्टेलहरुको नियमन गर्न माग गर्दै विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा क्रियाशिल अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ र अनेरास्ववियूले जिल्लामा सञ्चालित अधिकाँश होस्टेलहरु मापडण्ड विपरित सञ्चालन भएको भन्दै तत्काल अनुगमन गरि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
संगठनहरुले आज संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलाई ज्ञापन पत्र बुझाएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सुदिन पौडेल, नेविसंघ जिल्ला सभापती भरत रकाल र अनेरास्ववियूका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष प्रकाश पौडेलद्धार हस्ताक्षरीत ज्ञापन पत्रमा जिल्लामा रहेका अधिकाँश होस्टेल फितलो ब्यवस्थन र जिल्ला शिक्षा कार्यालयबाट अनुमती नलिईकन मापडण्ड विपरित सञ्चालीत रहेकाले कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

उनीहरुले आफ्नो माग सम्बोधन नभएर नियमविपरित सञ्चालित होस्टेल विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । होस्टेल सञ्चालकको मनोमानीको कारण चर्को शुल्क तिरेर अध्ययन गर्न बसेका विद्यार्थिको भविस्य अन्यौलमा परेको कारण ज्ञापन पत्र बुझाएको अनेरास्ववियूका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
विद्यार्थी संगठनहरुले चैत २ गते बेनी स्थित एसिएन होस्टेलमा अध्ययन गर्न बसेका बेनी नगरपालिका–११ का अनिल पाईजाको म्याग्दी नदीमा डुबेर मुत्यु भएको घटनाप्रति गम्भिर ध्यानकर्षण भएको जनाएका छन् ।
‘‘ होस्टेलको लापरबाहीको कारण कसैको ज्यान जान्छ भने त्यो भन्दा ठुलो गैरजिम्मेवारीपन के हुनसक्छ ? मापदण्ड विपतरी सञ्चालित होस्टेलहरुको नियमन नभएसम्म यस्ता विकृति भईरहन्छ, त्यसैले समयमै ध्यानकर्षण होस भन्ने चाहन्छाँै, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष सुदिन पौडेलले भन्नुभयो । ’’ज्ञापन पत्र बुझ्दै प्रजिअ आचार्यले तत्कालै अनुगमन गरि जिल्लाका होस्टेलहरुको अबस्थाबारे बुझेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
ss
म्याग्दीअनलाइनबाट साभार गरिएको
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment